साताको अन्तिम दिन बढ्यो सुनको मूल्य
-
मो.सगिर अलि
- today१७ कार्तिक २०८०
१७ कार्तिक // अग्निपथ मिडिया
नेपाली बजारमा साताको कारोबारको अन्तिम दिन शुक्रवार सुनको मूल्य २ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार ज शुक्रवार छापावाला सुन २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन बिहीबार छापावाला सुन तोलामा १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसै गरी चाँदीको मूल्य भने २५ रुपैयाँले घटेको छ । चाँदी तोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।