२१ भदौ २०८३, आइतबार / 06 September 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा

    • संजय कुशवाहा संजय कुशवाहा
    • today२१ भदौ २०८३

    वीरगन्ज — पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधनसहित क्यासिनोमा भेटिएपछि प्रहरीको नियन्त्रणमा परेका छन्। ​शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा वीरगन्जस्थित गण्डकको क्लार्क रिसोर्ट होटलमा रहेको क्यासिनोबाट अध्यक्ष यादवसहित ८ जनालाई नियन्त्रणमा लिइएको हो। सो क्रममा गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो गाडी समेत क्यासिनो परिसरबाट प्रहरीले कब्जामा लिएको छ। ​नेपालमा नेपाली नागरिकलाई क्यासिनो प्रवेशमा कानुनी प्रतिबन्ध रहेको अवस्थामा सार्वजनिक पदमा रहेका जनप्रतिनिधि सरकारी सवारीसाधन प्रयोग गरी क्यासिनो पुग्नुलाई प्रहरीले गम्भीरताका साथ लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्रबहादुर मल्लका अनुसार पक्राउ परेका व्यक्तिहरूको पहिचान तथा घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। ​अध्यक्ष यादव क्यासिनोभित्र के-कति कारणले पुगेका थिए र उनको संलग्नता के थियो भन्नेबारे प्रहरी अनुसन्धानपछि मात्रै वास्तविक तथ्य बाहिर आउनेछ। घटनाबारे थप विवरण आइतबार प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ। ​सरकारी स्रोतसाधनको प्रयोग र जनप्रतिनिधिको मर्यादालाई लिएर स्थानीय स्तरमा चासो र बहस सिर्जना भएको छ। अनुसन्धानको अन्तिम निष्कर्षपछि मात्र घटनाको आधिकारिक स्थिति स्पष्ट हुनेछ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?
    • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा
    • राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
    • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.