२१ भदौ २०८३, आइतबार / 06 September 2026, Sunday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२१ भदौ २०८३

     वीरगञ्जस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश तथा जुवा खेल्न निषेध रहेको अवस्थामा गाउँपालिका अध्यक्ष यशवन्त यादव आफ्नै समूहसहित क्यासिनोमा भेटिएको र सरकारी स्वामित्वको गाडी प्रयोग गरेको आरोपसहित प्रहरीले नियन्त्रणमा लिएको घटनाले पर्सा प्रहरीको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएको छ। क्यासिनोमा नेपाली नागरिकको प्रवेश नै निषेध गर्ने नियम कार्यान्वयन गराउने जिम्मेवारी सुरक्षा निकायको हो। तर, स्थानीय तहका जिम्मेवार जनप्रतिनिधि नै क्यासिनोमा भेटिएको भनिएको घटनाले कानुन सबैका लागि बराबर हो कि पहुँच र शक्तिका आधारमा फरक–फरक रूपमा लागू हुन्छ?

    Ad
    Ad
    Ad

    भन्ने प्रश्न उठाएको छ। अझ गम्भीर प्रश्न त सरकारी स्वामित्वको सवारी साधनको प्रयोगसम्बन्धी विषयमा उठेको छ। यदि सरकारी गाडीको दुरुपयोग भएको पुष्टि हुन्छ भने त्यस विषयमा समेत सम्बन्धित कानुनअनुसार स्पष्ट र निष्पक्ष अनुसन्धान तथा कारबाही हुनुपर्छ। अब प्रश्न पर्सा प्रहरीसँग पर्सा प्रहरीले विगतमा पनि नियम–कानुन कार्यान्वयनमा आफू कठोर रहेको दाबी गर्दै आएको छ। तर, अहिलेको घटनामा पक्राउपछि हुने प्रक्रिया नै प्रहरीको निष्पक्षताको वास्तविक परीक्षा बन्नेछ। के गाउँपालिका अध्यक्ष यशवन्त यादवमाथि कानुनअनुसार कारबाही हुन्छ? सरकारी गाडी प्रयोगको विषयमा छानबिन हुन्छ? क्यासिनोमा नेपाली प्रवेशसम्बन्धी नियम उल्लंघन भएको भए त्यसको कानुनी प्रक्रिया अघि बढ्छ? वा अन्ततः पैसा, पहुँच र राजनीतिक शक्तिका अगाडि कानुन कमजोर सावित हुन्छ? यी प्रश्नको जवाफ पर्सा प्रहरीले जनतालाई दिनुपर्छ। एसपीले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन? यदि क्यासिनोमा नेपालीको प्रवेश निषेधसम्बन्धी नियम कडाइका साथ लागू भइरहेको छ भने त्यही नियम उल्लंघन भएको अवस्थामा प्रहरीको भूमिका अझ संवेदनशील हुनुपर्ने हो। त्यसैले घटनाको निष्पक्ष अनुसन्धान, कानुनी प्रक्रिया र परिणाम सार्वजनिक गर्नु पर्सा प्रहरीको जिम्मेवारी हो।

    Ad
    Ad
    Ad

    घटनामा कुनै दबाब, प्रभाव वा पहुँचका कारण अनुसन्धान प्रभावित भयो भने त्यसले प्रहरीको विश्वसनीयतामाथि थप प्रश्न उठाउनेछ। कानुन कार्यान्वयन गर्ने निकायले आफूले बनाएको मापदण्ड आफैं कमजोर बनाउनु हुँदैन। अब जनताले हेर्न चाहेको कुरा एउटै हो— यशवन्त यादवलाई कानुनअनुसार कारबाही हुन्छ कि पैसा र शक्तिको आडमा कानुनी कठघराभन्दा बाहिर राखिन्छ? जनताले धेरै कुरा देखेका छन्, बुझेका छन्। अब उनीहरू नारा होइन, निष्पक्ष कानुनी कारबाही चाहन्छन्। कानुन कमजोरका लागि मात्र होइन, शक्तिशालीका लागि पनि बराबर हुनुपर्छ। अबको निर्णयले पर्सा प्रहरी कानुनको पक्षमा उभिन्छ कि पहुँचको? भन्ने प्रश्नको जवाफ दिनेछ।

    Ad
    Ad
    Ad
    Ad

    ताजा सूचना

    • क्यासिनोमा गाउँपालिका अध्यक्ष यसवन्त यादव। पक्राउ प्रकरण : पर्सा प्रहरीको ‘नियम’ कति निष्पक्ष?
    • जनताको करको पैसामा मौजमस्ती ! क्यासिनो सयर गर्न पुगेका अध्यक्ष यादव सरकारी गाडीसहित नियन्त्रणमा
    • राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल
    • वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन सुरु हुँदै: शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरणको अभियान
    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.