२४ असार २०८२, मंगलबार / 08 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • समयमै मेलम्चीको पानी उपलब्ध गराएकोमा मन्त्री यादवको नेतृत्वको प्रशंसा

    • बलिराम श्रीवास्तव बलिराम श्रीवास्तव
    • today१२ कार्तिक २०८१

    खानेपानी मन्त्री प्रदीप यादवलाई मेलम्चीको पानी समयमै काठमाडौँ उपत्यकामा उपलब्ध गराउन सफल भएको भन्दै सम्मान गरिएको छ ।

    Ad
    Ad

    काठमाडौँ उपत्यका मेलम्ची खानेपानी सङ्घर्ष समितिले आइतबार कोटेश्वरमा आयोजना गरेको “स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१” मा मन्त्री यादवलाई सम्मान पत्र प्रदान गरिएको हो ।

    Ad
    Ad

    मन्त्री यादवले कार्यक्रमलाई सम्बोधन गर्दै उपत्यकावासीलाई बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउने आफ्नो प्रतिबद्धता व्यक्त गरे । उनले सरकारको प्राथमिकता उपत्यकाको खानेपानी समस्याको अल्पकालीन र दीर्घकालीन समाधानमा केन्द्रित रहेको जानकारी गराउँदै भने, “पानी जीवनको आधार हो । काठमाडौँको पानी समस्या समाधान गर्न ठोस कदम चालिरहेका छौँ ।”

    Ad

    मन्त्री यादवले उपत्यकामा यस वर्ष वर्षायामपछि नै मेलम्चीको पानी उपलब्ध गराउन स्थानीय नागरिक, जनप्रतिनिधि, र हेलम्बुवासीको सहयोग महत्त्वपूर्ण रहेको बताए । उनले मेलम्चीवासीप्रति आभार प्रकट गर्दै भने, “यो सहयोगकै कारण हामीले उपत्यकावासीका लागि पानीको आपूर्ति समयमै सम्भव बनायौँ ।”

    मन्त्री यादवले समयमै पानीका मिटर उपलब्ध नगराउने ठेकेदारहरूका म्याद थप्न अस्वीकार गरेको खुलासा गरे । उनले भने, “लापरबाहीपूर्ण काम गर्ने ठेकेदारलाई संरक्षण दिन्नौँ। नयाँ टेन्डर मार्फत मिटर वितरणको समस्या अन्त्य गर्छौँ ।”

    मन्त्री यादवले उपत्यकामा ५१ करोड लिटर पानीको आवश्यकता भए पनि हाल १७ करोड लिटर मात्र आपूर्ति भइरहेको जानकारी गराए । उनले सिस्नेरीबाट पनि पानी ल्याउने योजना अघि बढाइएको उल्लेख गर्दै भने, “काठमाडौँको पानी समस्या समाधानका लागि विभिन्न परियोजनाहरूमा काम गरिरहेका छौँ ।”

    कोटेश्वरमा ओभरहेड ट्याङ्की निर्माणको मागबारे उनले बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए । साथै, पेप्सीकोला र जडिबुटी क्षेत्रमा यस वर्षभित्रै खानेपानी पाइप विस्तार गरिने बताए ।

    बागमती प्रदेशसभा सदस्य सुनिल केसीले कार्यक्रममा बोल्दै मन्त्री यादवको नेतृत्वमा मेलम्चीको पानी समयमै ल्याउन सफल भएकोमा उनको प्रशंसा गरे । “उपत्यकावासीका लागि खानेपानी आपूर्ति सुधारमा मन्त्री यादवको योगदान महत्त्वपूर्ण रहेको छ,” केसीले भने ।

    मन्त्री यादवले सम्मानले आफूलाई थप ऊर्जा र प्रेरणा दिएको बताउनुहुँदै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउँदै नागरिकको अपेक्षा पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए ।

    ताजा सूचना

    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    • चर्चित पोर्चुगिज फुटबल स्टार डिएगो जोटा र उनका भाइको कार दुर्घटनामा निधन, पोर्चुगल शोकमा डुब्यो!
    • सशस्त्र प्रहरीको अराजकता: बीरगञ्ज भन्सारमा सर्वसाधारणको सामान लुटपाट, आफैंमा बाँडफाँड!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.