१ कार्तिक २०८३, शनिबार / 17 October 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विरगंज मेयर राजेशमानसिंहले आन्दोलनरत पीडितसित माँगे माफी: जनतामुखी राजनीति र जनसेवाको असल नमूना कहाँ हरायो?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२६ आश्विन २०८१

     विरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले फेरि एक पटक पुरानो शैलीलाई दोहोर्‍याउँदै हात जोडेर माफी मागेपछि धर्ना स्थगित भएको छ।

    Ad
    Ad
    Ad

    जनताको दबाब र पिडित परिवारको क्रोधको सामना गर्न नसकेर, मेयर सिंहले प्रजिअ दिनेश सागर भुषाल, एसपी कुमुद ढुङेल, र पिडित परिवारको उपस्थितिमा 'काका गल्ती भयो, माफ गरिदिनुस्' भनेर माफी मागे। रोशन लामिछानेका अनुसार, बुवाले सिंहको माफी स्वीकार गरेपछि धर्ना अन्त्य भएको हो। तर यो घटना मेयर सिंहको पुरानो शैलीको मात्रै प्रतिबिम्ब होइन, यो घटनाले हाम्रो देशको राजनीतिक चरित्रमा रहेको गहिरो समस्यालाई उजागर गरेको छ।

    Ad
    Ad
    Ad

    सिंहको यो शैली— आफूभन्दा कमजोरलाई दबाउने र बलियासँग माफी माग्ने— कुनै नौलो होइन। यस्ता नेताहरू जनताको सेवा गर्न भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ र कुर्सी जोगाउन मात्र अग्रसर हुन्छन्।

    Ad
    Ad
    Ad
    Ad

    सामाजिक सञ्जालमा यस घटनाप्रति चौतर्फी आलोचना भइरहेको छ। जनता यस्ता नेताहरूको झुठो माफी र कुटिल चाललाई अब सजिलै पचाउँदैनन्। सिंहजस्ता जनप्रतिनिधिहरूको चरित्र अब जनताले राम्ररी चिनेका छन्।

    Ad

    सत्यता भनेको केवल शब्द होइन, जनताले माफीको पछाडि लुकेको असली नियतलाई प्रस्ट बुझिरहेका छन्। हाम्रो देशमा राम्रो राजनीतिक नेतृत्वको अभावले जनतालाई निराश र असन्तुष्ट बनाएको छ। जनप्रतिनिधि भनेको जनताको सेवक हो, तर अहिलेको यथार्थता भने यसको विपरीत छ। नेताहरूले आफ्नो कर्तव्य बिर्सेका छन्, उनीहरू जनताको भलाइमा भन्दा आफ्नो शक्ति कायम राख्नमै लागिरहेका छन्।

    कहिलेसम्म जनता पीडित बन्नेछन्? कहिलेसम्म यस्ता नेताहरू जनतालाई दुःख दिनको लागि राजनीति गर्नेछन्? हाम्रो देशमा असल राजनीति र इमानदार नेतृत्वको खाँचो छ। राम्रो नेतृत्व भनेको जनता प्रतिको जिम्मेवारी, पारदर्शिता र जनसेवाको लागि संघर्ष गर्ने नेताहरू हुन्। जनता मालिक हुन्, र नेताहरू जनताको दास हुन्— यस वास्तविकतालाई बुझ्नको लागि अझै लामो यात्रा बाँकी छ।

    जनता अब जागरुक छन्, र यस्ता नाटकबाज नेताहरूको भविष्य लामो हुन सक्दैन। राम्रो राजनीति भनेको केवल कुर्सीको खेल होइन, यो जनताको हितमा निष्ठासाथ काम गर्ने कला हो। देशले राम्रो नेतृत्वको आवश्यकता राखेको छ, र अब समय आएको छ कि जनता यस्तो नेतृत्व खोज्न थाल्छन्।

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.