१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • "स्थानीय निकायमा व्याप्त भ्रष्टाचार: जनताको श्रोतको खुला लुट, कहिलेसम्म?" - बिराज यादव

    • बिराज यादव बिराज यादव
    • today२४ आश्विन २०८१

    "स्थानीय निकायमा व्याप्त भ्रष्टाचार: जनताको श्रोतको खुला लुट, कहिलेसम्म?" नेपालका स्थानीय निकायहरूमा भ्रष्टाचारको विकराल रुपले देशको विकासलाई नै ठाडो चुनौती दिइरहेको छ। जनताबाट निर्वाचित जनप्रतिनिधिहरू जनताको हितमा काम गर्नुपर्ने हो, तर उनीहरू भ्रष्टाचारको दलदलमा डुबेर जनताको ढुकुटीमाथि निर्लज्ज लुट मच्चाइरहेका छन्। यो स्थिति देख्दा लाग्छ, जनप्रतिनिधिहरू भ्रष्टाचार गर्नकै लागि निर्वाचित भएका हुन् कि? जनताको भोटले जितेर जनताको विश्वासघात गर्नेहरूले विकासका कार्यक्रमहरूलाई आफ्ना परिवारका सदस्यहरूको स्वार्थमा चलाइरहेका छन्। के यी योजना यिनका बाउका पेवा हुन्?

    Ad
    Ad
    Ad

    "सरुवा बढुवामा करोडौंको चलखेल: भ्रष्टाचारको अन्त्य सम्भव छ?"

    Ad
    Ad
    Ad

    एक जना हाकिमको सरुवा या बढुवा हुँदा करोडौं रुपियाँको चलखेल हुन्छ भने त्यो निकायमा सुशासनको आशा राख्नु मुर्खता मात्र हो। जनताले सास फेर्न नपाउँदै भ्रष्टाचारका नयाँ नयाँ काण्डहरू सार्वजनिक भइरहन्छन्। माथिदेखि तलसम्म फैलिएको यो भ्रष्टाचारको जालोले प्रशासनलाई निचोरेको छ। यस्तो परिस्थितिमा भ्रष्टाचार नियन्त्रणको सपना देख्न सम्भव छ त?

    Ad
    Ad
    Ad
    Ad

    "पालिका पैसा लुट्न र बाँड्नका लागि मात्र?"

    पालिकाहरूको बजेट जनप्रतिनिधिहरूका लागि नाफा कमाउने साधन भएको छ। उनीहरूले यो बजेट विकासका नाममा आफू र आफ्ना नातागोताबीच बाँड्दैछन्। विकासको नाममा जनताको आँखामा धुलो हाल्दै, यो प्रणाली लुट्नको लागि मात्र सिर्जना भएको हो? के जनताको करले संकलित पैसा यिनै जनप्रतिनिधिहरूको निजी सम्पत्ति हो त?

    "अनुगमन निकायको मूकदर्शक भूमिका:

    भ्रष्टाचारको भागबण्डा?" अनुगमन गर्न जिम्मेवार निकायहरू पनि भ्रष्टाचारको खेलमा संलग्न छन् कि नपत्याउने गरी मूकदर्शक बनेका छन्। तिनीहरूलाई भ्रष्टाचार भएको थाहा छ भने किन कारबाही हुँदैन? कि भागबण्डामा उनीहरू पनि सहभागी छन्? यस्ता निकायले आफ्नो कर्तव्य पूरा गर्न नसक्ने हो भने किन यी अनुगमन निकायलाई खारेज नगर्ने?

    "समाप्त हुन्छ कि यो अनन्तकालीन भ्रष्टाचार?"

    देशको प्रत्येक पालिकामा यस्तो बेथितिको चक्रव्यूहले जनताको आशा निराशामा परिणत गरिरहेको छ। कतै यो भ्रष्टाचारको अन्त्य सम्भव छ कि यो अनन्तकालसम्म चलिरहने क्रम हो? अब जनताले जवाफ खोजिरहेका छन्। सरकार र जिम्मेवार निकायहरूले कडा कदम चाल्न किन ढिलाइ गरिरहेका छन्?

    अब जनताको चुप्पीको अन्त्य हुनुपर्छ। भ्रष्टाचारको विरुद्ध एकीकृत संघर्षको खाँचो छ। यदि अब पनि यो विकृति रोकिएन भने देशले अनन्तकालसम्मको अँध्यारो भविष्य देख्नेछ।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.