२४ असार २०८२, मंगलबार / 08 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • वीरगञ्ज मेयरविरुद्ध तेस्रो दिनको रिले अनशन, कारबाहीको माग - कानुन मन्त्री अजय चौरसियाको समर्थन।

    • दिपक सिंह दिपक सिंह
    • today२४ आश्विन २०८१

     वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको अभद्र व्यवहार र गुण्डागर्दी शैलीविरुद्ध जनआक्रोश चुलिदैछ। अलौँवासीहरूले सोमबारदेखि कारबाहीको माग गर्दै सुरु गरेको रिले अनशन तेस्रो दिनमा प्रवेश गरेको छ। स्थानीय प्रशासनसँग मेयर सिंहलाई तत्काल कारबाही गर्न माग गरिएको छ, तर अहिलेसम्म कुनै ठोस कदम नचालिएपछि आन्दोलन झन् तीव्र बनेको छ।

    Ad
    Ad

    मेयर सिंहले सोमबार स्थानीयहरूसँग गरेको दुव्र्यवहार र कुटपिट घटनाले स्थानीयलाई आक्रोशित बनाएको छ। नेपाली कांग्रेस र एमालेका नेताहरूले पनि अनशनमा ऐक्यबद्धता जनाउँदै मेयरको कार्यशैलीको कडा विरोध गरेका छन्।

    Ad
    Ad

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले बुधबार अनशन स्थलमा पुगेर घटनाको बारेमा जानकारी लिँदै, कुनै पनि नागरिकसँगको अपमानजनक व्यवहार सह्य नहुने स्पष्ट पारे। उनले डुबान समस्याको निरीक्षण गर्दै समाधानका लागि पहल भइरहेको बताए। डुबान प्रभावित क्षेत्रमा पानीको मुहान खोल्ने विवादपछि उत्पन्न झडपमा मेयर सिंहले कांग्रेस कार्यकर्तासँग अभद्र व्यवहार गरेको आरोप लागेको छ। यसले स्थानीय राजनीतिक वृतमा ठूलो तनाव निम्त्याएको छ।

    Ad

    विशेष गरी नेपाली कांग्रेस पर्साका जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीका नातेदारसँग भएको दुव्र्यवहारले कांग्रेसभित्र आक्रोश फैलिएको छ।

    संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्यले मेयर सिंहको व्यवहारलाई उच्छृंखल भन्दै सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेका छन्, नत्र आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्। स्थानीय नेताहरूले मेयर सिंहको नेतृत्वमा गुण्डागर्दी चरम सीमामा पुगेको भन्दै तत्काल कानुनी कारबाहीको माग गरेका छन्। यदि मेयर सिंहले माफी नमागे र उनका गुन्डा प्रवृत्तिका मान्छेहरूलाई कारबाही नगरिए, आन्दोलन थप उग्र बनाउने चेतावनी दिएका छन्।

    ताजा सूचना

    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.