१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • १२ वटा परियोजना अघि बढाउन संघीय मामिला मन्त्रालय र भारतीय राजदूतावासबीच समझदारी

    • रबि बर्णवाल रबि बर्णवाल
    • today१३ आश्विन २०८१

     काठमाडौं – नेपालमा शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीलगायत विभिन्न १२ वटा परियोजना अघि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासबीच समझदारी भएको छ। उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजना (एचआईसीडीपी) अन्तर्गत यी परियोजनाहरू अगाडि बढाइने छ।

    Ad
    Ad
    Ad

    समझदारी अनुसार, ओखलढुंगाको दुई, बाजुरा, सुनसरी, सप्तरी, धादिङ, चितवन, सोलुखुम्बु, दैलेख, मोरङ, भोजपुर र दाङका एक-एक स्थानीय तहमा परियोजना कार्यान्वयन हुनेछ।

    Ad
    Ad
    Ad

    ओखलढुंगाको सिद्धीचरण नगरपालिकामा श्री राज्यलक्ष्मी माध्यमिक विद्यालय र मानेभन्ज्याङ गाउँपालिकामा श्री स्वर्णन्तरल आधारभूत विद्यालयको भवन निर्माण हुनेछ।

    Ad
    Ad
    Ad
    Ad

    त्यस्तै, बाजुराको मुक्तिकोटमा खाद्यान्न सङ्कलन तथा वितरण केन्द्र, सुनसरीको इनरुवामा श्री त्रिभुवन माध्यमिक विद्यालयको भवन निर्माण, सप्तरीको सुरुङ्गा नगरपालिकामा श्री जनता माध्यमिक विद्यालय भवन, धादिङको खनियाँबासमा बर्थिङ सेन्टरसहितको स्वास्थ्यचौकी निर्माण हुनेछ।

    चितवनको रत्ननगरमा बछौली माध्यमिक विद्यालयको भवन, सोलुखुम्बुको बसेपु–हालु खानेपानी आयोजना, दैलेखको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको बहुउद्देश्यीय भवन, मोरङको पञ्चायत माविको भवन, भोजपुरको अरुण बहुउद्देश्यीय प्रतिष्ठान भवन, र दाङको राप्ती आँखा अस्पतालमा शल्यक्रिया कक्षका लागि भवन निर्माण परियोजनाहरू अघि बढ्नेछन्।

    यी परियोजनाहरूको कुल लागत करिब ४७ करोड ४० लाख रुपैयाँ रहेको छ। परियोजनामा नेपाल सरकारले २० प्रतिशत लगानी गर्नेछ भने बाँकी ८० प्रतिशत लगानी भारतीय दूतावासमार्फत भारत सरकारले गर्नेछ। २०६० सालमा सुरु भएको उच्च प्रभावयुक्त सामुदायिक विकास परियोजनाअन्तर्गत हालसम्म ५६३ भन्दा बढी परियोजनाहरू सञ्चालन भइसकेका छन्, जसमा ४९० भन्दा बढी परियोजनाहरू सम्पन्न भइसकेका छन्।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.