२ श्रावण २०८३, शनिबार / 18 July 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • सार्वजनिक सेवामा प्रभावकारिता सबैको साझा उद्देश्य: मन्त्री राजकुमार गुप्ता

    • बिराज यादव बिराज यादव
    • today१२ आश्विन २०८१

     काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सार्वजनिक निकायले जनतालाई प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउनु सबैको साझा दायित्व र उद्देश्य रहेको बताएका छन्। नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको ४२औँ वार्षिकोत्सवको अवसरमा ललितपुरको जावलाखेलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले संघीयता सुदृढ गर्न तीनवटै तहका कर्मचारी र जनप्रतिनिधिहरूले आफ्नो सोच र व्यवहारमा सुधार ल्याउनुपर्नेमा जोड दिए।

    Ad
    Ad
    Ad

    मन्त्री गुप्ताले प्रतिष्ठानले सरकारी निकाय र सार्वजनिक संस्थानका कर्मचारीहरूको तालिम, अनुसन्धान, र परामर्शद्वारा सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए। "सार्वजनिक सेवामा प्रभावकारिता ल्याउनु हाम्रो साझा उद्देश्य हो," उनले भने।

    Ad
    Ad
    Ad

    उक्त कार्यक्रममा, मन्त्री गुप्ताले प्रतिष्ठानलाई ‘आईएसओ ९००१:२०१५’ बाट प्रमाणीकरण प्राप्त भएकोमा बधाई दिँदै, आगामी दिनमा प्रतिष्ठानले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्नेमा विश्वास व्यक्त गरे। उहाँले संघीय शासन प्रणालीलाई अझ सुदृढ बनाउनका लागि तीनवटै तहका कर्मचारी र जनप्रतिनिधिहरूको दक्षता विकास गर्न सिपमूलक र प्रविधिमा आधारित तालिम कार्यक्रमहरूको आवश्यकता रहेको औँल्याए।

    Ad
    Ad
    Ad
    Ad

    कार्यक्रममा मन्त्री गुप्ताले प्रतिष्ठानलाई यस उचाइमा ल्याउन योगदान दिने सबै पूर्वकर्मचारीहरूप्रति आभार व्यक्त गर्दै, आफ्नो जिम्मेवारी अनुरूप उत्कृष्ट कार्यसम्पादन गर्ने विभिन्न कर्मचारीहरूलाई सम्मान गरे।

    ताजा सूचना

    • Gg
    • बिरगंजको आधा सहरलाई तीन दिन अन्धकारमा राख्ने शक्तिको दुरुपयोगको पर्दाफास
    • सांसदलाई फेरि स्वकीय सचिव सुविधा, मन्त्रिपरिषद्को निर्णयबाट व्यवस्था पुनः लागू
    • विद्युत् आपूर्ति अवरुद्ध हुँदा खानेपानीको समस्या : कार्यवाहक नगरप्रमुख आलमको पहलमा राति नै पानी वितरण
    • फाइनल पुग्दै भावुक बने मेस्सी, मैदानमै घुँडा टेकेर रोए!
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.