५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विश्रामपुर गाउँपालिकामा भ्रष्टाचारको बोलबाला: जुबेर भाइ र सुधन लामिछानेको मिलेमतोले गाउँ अशान्तितर्फ धकेलिदै, सरकारी बजेटको दुरुपयोग र सार्वजनिक सम्पत्तिको निजीकरण ।

    • बिरेन्द्र यादब बिरेन्द्र यादब
    • today९ आश्विन २०८१

      बारा, बिश्रामपुर // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    बिश्रामपुर गाउँपालिका वार्ड नं १ खेखरिया गाउँमा सरकारी बजेटको दुरुपयोग र सार्वजनिक सम्पत्तिको निजीकरणले गाउँलाई अशान्तिको किनारमा पुर्‍याएको छ। गाउँपालिकाका अध्यक्ष जुल्फकार अली भुट्टो उर्फ जुबेर भाइको निर्देशनमा सरकारी बजेटबाट टावर लाइट जडान भएको थियो, तर सार्वजनिक जमिनमा राखिनुपर्ने यो लाइट अध्यक्षका नजिकका कार्यकर्ता जबाहिर शाह तेली र सोनालाल शाह तेलीको निजी जग्गामा राखिएको छ। यस घटनाले गाउँमा गहिरो विवादको स्थिति निम्त्याएको छ।

    Ad
    Ad
    Ad

    गाउँलेहरूले उठाएको गम्भीर प्रश्न यो छ कि, सार्वजनिक बजेटले बनाइएको सम्पत्ति कसरी निजी स्वार्थका लागि प्रयोग गर्न सकिन्छ? सार्वजनिक जमिन हुँदाहुँदै, किन जुबेर भाइले आफ्ना नजिकका मानिसहरूको निजी सम्पत्ति जस्तै यो बत्ती राख्न दिए?

    Ad
    Ad
    Ad
    Ad

      टावर लाइट जडान गरिएको तीन महिनामै बिग्रिएपछि पुनः मर्मत गरी बालिए पनि, यो लाइटलाई जबाहिर शाहले आफ्नो निजी सम्पत्ति भन्दै, गाउँलेहरूसँग बारम्बार झगडा गरिरहेको छ। जबाहिर शाहले गाउँलेहरूले बत्ती बाल्न खोज्दा "यो मेरो हो, कसैको बाउको होइन" भन्दै धम्की दिने गरेको गाउँलेहरूले बताएका छन्। स्थिति यति गम्भीर बनेको छ कि, गाउँलेहरू बत्ती प्रयोग गर्न जाँदा मर्न-मार्न तयार हुने चेतावनीसम्म दिन थालेका छन्। यसले गाउँमा सामाजिक विस्फोटको अवस्था सिर्जना हुने खतरा बढेको छ।

    गाउँपालिकामा कुनै पनि काम गर्न जुबेर भाइका नजिकका आफन्त या आसेपासे नभएसम्म सम्भव नहुने गाउँलेहरूले गम्भीर आरोप लगाएका छन्। कुनै सर्भे बिना, परामर्श बिना, र बैठकको औपचारिक प्रक्रिया बिना कामहरू गरिँदै आएका छन्। प्रमुख प्रशासकीय अधिकृत सुधन लामिछानेले पनि आँखा चिम्लेर यस्ता अनियमित कामलाई समर्थन गरिरहेको बताइन्छ। लामिछाने र जुबेर भाइको मिलेमतोमा गाउँमा भ्रष्टाचारको जरा गहिरिँदै गएको देखिन्छ।

     विश्रामपुरका सर्वसाधारणले अब आफ्नो गाउँपालिका र स्थानीय सरकारप्रति पूर्ण अविश्वास व्यक्त गर्न थालेका छन्। उनीहरूलाई लाग्न थालेको छ कि, यो सरकार उनीहरूको हितका लागि नभएर केही सीमित व्यक्तिहरूको स्वार्थ पूर्तिका लागि मात्र चलिरहेको छ।यदि तत्कालै यस प्रकरणमा सम्बन्धित निकायहरूले हस्तक्षेप नगरे, स्थिति बिग्रिएर ठूलो सामाजिक अशान्ति, मुडभेड र क्षति हुने निश्चित छ।

    गाउँलेहरूले प्रहरी प्रशासन, अख्तियार र सम्बन्धित निकायलाई तत्कालै यसमा ध्यान दिन आग्रह गरेका छन्। यो गाउँको समस्या केवल स्थानीय मात्र नभएर राष्ट्रिय स्तरमा फैलिन सक्ने खतरा छ, जसले समग्र देशमै अशान्तिको संकेत दिन सक्छ। अहिलेको स्थितिलाई तत्काल नरोके ठूलो क्षति नहोस् भन्न सकिन्न।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.