३० आश्विन २०८३, शुक्रबार / 16 October 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मन्त्री राजकुमार गुप्ताको विकासमा सबैलाई एकजुट हुन आग्रह

    • बिराज यादव बिराज यादव
    • today८ आश्विन २०८१

     असोज ०८ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विकास निर्माणका कार्यहरूमा सबै राजनीतिक दलहरूलाई एकजुट भएर अघि बढ्न आह्वान गर्नुभएको छ। उहाँले केन्द्रमा भएको गठबन्धन जस्तै प्रदेश स्तरमा पनि विकासको कामलाई सशक्त रूपमा अघि बढाउन आवश्यक रहेको बताउनुभयो।

    Ad
    Ad
    Ad

       मन्त्री गुप्ताले हालको मुख्य एजेन्डा स्वास्थ्य, शिक्षा, र सडक पूर्वाधारको विकास रहेको र यी क्षेत्रमा सबै दलहरूको सहकार्यमा मात्र स्थानीय जनताको जीवनस्तरमा सुधार आउने स्पष्ट पार्नुभयो। उहाँले पर्सागढीको स्थानीय सरकारलाई सकारात्मक एजेन्डासहित मन्त्रालयसँग सहकार्य गर्न पनि निर्देशन दिनुभएको छ।

    Ad
    Ad
    Ad

       पर्सागढीमा भएको कार्यक्रममा मन्त्री गुप्ताले आफूलाई पर्साका जनताबाट पाएको माया र विश्वासप्रति आभार व्यक्त गर्दै, जनताले सुरुवातमै आफूलाई सांसदमा निर्वाचित गराएको सम्झना गर्नुभयो। अब यो विश्वासको प्रतिफल जनताका पक्षमा फर्काउने बेला आएको उहाँले बताउनुभयो। उहाँले पर्सागढीमा विकासको थप काम गर्न चाहना व्यक्त गर्नुभयो र यसलाई अवसरका रूपमा लिएको बताउनुभयो।

    Ad
    Ad
    Ad
    Ad

    सो अवसरमा नगर प्रमुख गोकर्ण पाठक र उप प्रमुख पूजा चौधरीले मन्त्री गुप्तालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए। कार्यक्रममा उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति थियो।

    Ad

    ताजा सूचना

    • सरकारले माग्यो उच्च पारिश्रमिकमा आईटी विज्ञ, मासिक २ लाख ५० हजारसम्म तलब
    • उपराष्ट्रपति यादव र प्रधान सेनापति सिग्देलबीच शिष्टाचार भेटवार्ता
    • प्याडमा लुकाएर कारागारभित्र लैजान खोजेको आरोप, सुरक्षा जाँचका क्रममा ४८० थान लागुऔषध बरामद।
    • नेपालको पर्यटन प्रवर्द्धन गर्न टिकटकसँग पर्यटन बोर्डको सहकार्य, ‘भिजिट नेपाल’ अभियान सुरु
    • कांग्रेसमा पहिलोपटक वरिष्ठ उपसभापति पद, विश्वप्रकाश शर्माको भूमिका कति शक्तिशाली?
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.