५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • एमाले जनआधारित कार्यकर्ताको पार्टी हो: मन्त्री राजकुमार गुप्ता

    • बिराज यादव बिराज यादव
    • today७ आश्विन २०८१

     पर्सा, २३ सेप्टेम्बर - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले नेकपा एमालेलाई विचारमा प्रष्ट र संगठनमा सबल पार्टी भएको दाबी गरेका छन्। पर्सामा आयोजित पार्टी निर्माण र शुद्धीकरणको अन्तरक्रिया कार्यक्रममा मन्त्री गुप्ताले एमाले जनआधारित कार्यकर्ताको पार्टी भएकाले अन्य दलहरू भन्दा सक्षम रहेको बताएका छन्।

    Ad
    Ad
    Ad

       उनले एमालेका कार्यकर्ता देशका अन्य दलहरूमध्ये सबैभन्दा बलियो रहेको दाबी गर्दै, एमालेका कार्यकर्तालाई ‘ढुंगाबाट शालिग्राम बन्ने प्रक्रियामा रहेका’ भनेर चित्रण गरे। पार्टीलाई गति दिन सुविचारित र स्पष्ट दृष्टिकोणसहितको नेतृत्वको आवश्यकता रहेको उनले औंल्याए।

    Ad
    Ad
    Ad

       पार्टीले संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको योगदानलाई निरन्तरता दिँदै अघि बढिरहेको पनि उनले बताए। मन्त्री गुप्ताले एमालेलाई जनआन्दोलन र जनपरिचालनको माध्यमबाट अघि बढिरहेको उल्लेख गरे।

    Ad
    Ad
    Ad
    Ad

    जनआन्दोलनलाई जनवर्गीय संगठनका माग र मुद्दालाई समर्थन गर्ने र जनपरिचालनलाई संसदीय मोर्चामा श्रेष्ठता हासिल गर्ने प्रक्रिया भने। मन्त्री गुप्ताले पार्टीभित्र बहस, अन्तरक्रिया र छलफलको कमी स्वीकार गर्दै, यस्ता बहसले विचारहरूलाई परिष्कृत गर्न मद्दत पुर्‍याउने र पार्टीको आन्तरिक सम्बन्धलाई सबल बनाउने विश्वास व्यक्त गरे। एमाले कार्यकर्ताहरूले जनतासँग स्पष्ट र पारदर्शी छवि निर्माण गर्नुपर्ने उनको भनाइ थियो।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.