२५ भदौ २०८२, बुधवार / 10 September 2025, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • परवानीपुर गाउँपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतको असाधारण सम्बन्ध: जनतामा शंका र भ्रष्टाचारको आरोप ।

    • कृष्ण प्रसाद शर्मा कृष्ण प्रसाद शर्मा
    • today४ आश्विन २०८१

     परवानीपुर, पर्सा – पर्साको परवानीपुर गाउँपालिकामा मेयर राम क्षत्री प्रसाद कुर्मी र प्रमुख प्रशासकीय अधिकृत मुन्ना प्रसाद रौनियारको सम्बन्धले स्थानीय राजनीति तातिएको छ।

    Ad
    Ad

            दुबैबीचको असाधारण "प्रेमपूर्ण" सम्बन्धलाई लिएर गाउँपालिकाका जनताले शंका गर्न थालेका छन्, जसले विभिन्न योजनाहरुको कार्यान्वयनमा प्रत्यक्ष प्रभाव परेको आरोप पनि लागेको छ।

    Ad
    Ad

                 जनताको भनाइमा, मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको यो सम्बन्ध कुनै साधारण सहकार्य मात्र नभएर, गाउँपालिकाका प्रमुख योजनाहरुमा अनियमितता र असमान भागबण्डाको संकेत हुन सक्छ। प्रमुख प्रशासकीय अधिकृत मुन्ना रौनियारको अन्यत्र सरुवा भएपछि मेयर कुर्मीले तीव्र असन्तुष्टि व्यक्त गरेका थिए र तत्कालै उनलाई पुनः गाउँपालिकामा फिर्ता गराइएको थियो। यस कदमले स्थानीयबासीलाई आश्चर्यमा पारेको छ, र जनताले यसलाई ‘काले काले मिलेर खाउ भाले’ भन्ने कथनसँग तुलना गर्न थालेका छन्।

    Ad

        गाउँपालिकाका योजनाहरुमा समान साझेदारी गर्दै आएको यो जोडीको सम्बन्धले जनतालाई शंका पैदा गरिरहेको छ कि, उनीहरुको नेतृत्व गाउँपालिकाको हितमा छ कि छैन। कतिपयले यो सम्बन्धलाई गाउँपालिकामा भइरहेको भ्रष्टाचारको संकेतको रूपमा हेरेका छन्। “दुबै बीचको यस किसिमको आत्मीय सम्बन्धले गाउँपालिकाको प्रगति भन्दा पनि व्यक्तिगत फाइदामा ध्यान केन्द्रित गरेको देखिन्छ,” एक स्थानीय नागरिकले भने।

           अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रजस्ता निकायहरुले गाउँपालिकाका गतिविधिहरूमा निगरानी राख्नुपर्ने जनताको माग बढ्दै गएको छ।

         यदि मेयर र प्रमुख प्रशासकीय अधिकृतको बीचमा गैरजिम्मेवार हर्कत भएको पुष्टि भएमा, यसले गाउँपालिकाको समग्र प्रशासनिक स्थायित्वमा गम्भीर असर पर्ने सम्भावना रहेको छ। समाजका जिम्मेवार पदाधिकारीहरुबाट यस्तो व्यवहार देखिनु गम्भीर चिन्ताको विषय बनेको छ।

      यो प्रकरणले परवानीपुरको स्थानीय राजनीतिमा ठूलो तरंग ल्याएको छ र जनप्रतिनिधिहरूले जनताको विश्वास कसरी जित्ने भन्ने गम्भीर प्रश्न उठेको छ।

    ताजा सूचना

    • सर्वोच्चको डाटा सेन्टरसमेत ध्वस्त हुँदा शून्य अवस्थामा पुग्यो न्यायालय
    • बालसुधार गृहबाट भागेका ६० जना पुनः पक्राउ, १ सय फरार
    • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँझ ६ बजेसम्म बन्द, आन्तरिक उडान भोलिसम्म नहुने
    • आन्दोलनका क्रममा लुटिएका हतियार बुझाउन सेनाको निर्देशन
    • जेन्जी आन्दोलन : तस्बिरमा हेर्नुहोस् सिंहदरबारको पर्खालमा लेखिएको आक्रोश
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.