१६ भदौ २०८३, मंगलबार / 01 September 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • मधेश प्रदेशमा संघीय मामिला मन्त्री राजकुमार गुप्तालाई एमालेद्वारा भव्य सम्मान।

    • अशोक यादब अशोक यादब
    • today२३ भदौ २०८१

    बर्दिबास // अग्निपथ मिडिया

    Ad
    Ad
    Ad

    नेकपा एमाले मधेश प्रदेश कमिटीले बर्दिबासमा एक विशेष समारोहको आयोजना गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई सम्मान गरेको छ। समारोह नेकपा एमाले केन्द्रीय अनुशासन आयोगको आयोजनामा सम्पन्न भएको थियो। समारोहको प्रमुख अतिथि मन्त्री गुप्तालाई सम्मान स्वरुप दोसल्ला ओढाएर सम्मान गरियो।

    Ad
    Ad
    Ad

           कार्यक्रमको सञ्चालन मधेश प्रदेश कमिटीका अध्यक्ष चन्देश्वर मण्डलले गरेका थिए। आफ्नो सम्बोधनमा अध्यक्ष मण्डलले मन्त्री गुप्तालाई सरकार सञ्चालनमा सकृय भूमिका खेल्न आग्रह गरे र संघीय शासन व्यवस्थामा सुधार ल्याउन उहाँको योगदानको प्रशंसा गरे। मन्त्री गुप्तालाई सम्मान गर्दै मण्डलले मधेश प्रदेशको विकास र समृद्धिका लागि उहाँले अझै बढी सक्रियता देखाउनुपर्नेमा जोड दिए।

    Ad
    Ad
    Ad
    Ad

    साथै, अनुशासन आयोगका सचिव प्रा.डा.भरत पहारीले पार्टी नेता तथा कार्यकर्ताहरूका लागि अनुशासन र आचारसंहिताको प्रशिक्षण प्रदान गरे। यस कार्यक्रममा पार्टीका केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश सभा सदस्यहरू, र मधेश प्रदेशका विभिन्न जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।

         कार्यक्रममा स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पोलिटब्यूरो सदस्यहरू पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, र अन्य नेताहरूको उपस्थिति रहेको थियो। समारोहमा नेताहरूले मन्त्री गुप्ताको कार्यशैलीको प्रशंसा गर्दै मधेश प्रदेशमा एमालेको बलियो उपस्थिति र योगदानबारे छलफल गरे।

    ताजा सूचना

    • भोटेकोसी बाढीपीडितलाई वीरगन्ज महानगरपालिकाद्वारा १ करोड ११ लाख सहयोगको घोषणा
    • उपसभामुख रुवी ठाकुर र स्वकीय सचिव दीपकजंग ठाकुरबीचको सम्बन्धबारे फैलिएका आरोपलाई रक्षाबन्धनले दियो जवाफ
    • जलवायु परिवर्तनको मारमा नेपाल, संरक्षण गरे पनि किन भोग्दैछ पीडा?
    • तीन दिनदेखि हराइरहेका ११ वर्षीय राजेश गुप्ता भारतमा मृत फेला, घटनाबारे नेपाल–भारत प्रहरीले थाले अनुसन्धान
    • किरण आँखा अस्पताल–रोटरी क्लब बीरगञ्जको संयुक्त अभियान : सूर्योदय स्कुलमा सयौँ विद्यार्थीको आँखा परीक्षण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.