१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी : मन्त्री गुप्ता

    • अशोक यादब अशोक यादब
    • today२० भदौ २०८१

     काठमाडौँ , २१ भदौ

    Ad
    Ad
    Ad

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुप्ताले उक्त कुरा राखेका हुन् । समितिको बिहीबारको बैठकमा संघीय निजामती विधेयक संसद्बाट पारित गर्नुपर्ने बताए ।

    Ad
    Ad
    Ad

             मन्त्री गुप्ताले विधेयकमा १ हजार ५ सय ८३ संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्नसक्ने भन्दै उच्च राजनीतिक तहमा समन्वय गरेर विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने बताए । ‘आज यस विधेयकमा सैद्धान्तिक छलफल भयो । छलफलमा माननीयहरूले जे सुझाव, सल्लाह दिनुभयो । ठिकै हो, १ हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव छ ।

    Ad
    Ad
    Ad
    Ad

            यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ,' मन्त्री गुप्ताले भने, 'हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं । उहाँहरूको निर्देशन लिन्छौँ र छलफल गरेर अगाडि बढ्छौँ । म सभापति र माननीयहरूलाई के आग्रह गर्छु भने यो समितिमा थुप्रै विधेयक छन् तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिउँ ।’ २०८० फागुन २१ मा दर्ता भएको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले अहिले आएर छलफल अगाडि बढाउन लागेको हो ।

    ताजा सूचना

    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    • बिरगंजमा दोस्रो संस्करणको PABSON T10 CUP 2082 सुरु हुने
    • जानकी स्कुलकी प्रिन्सिपल सुनिता यादव, बहिनीहरू पुनम यादव र अमृता यादवद्वारा गर्भवती भाउजुमाथि निर्घात कुटपिट—गर्भमै शिशु हत्या प्रकरणमा अदालतको कडा फैसला। 🩸 पाप लुकेन, न्याय बोलेको छ।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.