५ बैशाख २०८३, शनिबार / 18 April 2026, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने तयारी : मन्त्री गुप्ता

    • अशोक यादब अशोक यादब
    • today२० भदौ २०८१

     काठमाडौँ , २१ भदौ

    Ad
    Ad
    Ad

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन् । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा सैद्धान्तिक छलफलका क्रममा मन्त्री गुप्ताले उक्त कुरा राखेका हुन् । समितिको बिहीबारको बैठकमा संघीय निजामती विधेयक संसद्बाट पारित गर्नुपर्ने बताए ।

    Ad
    Ad
    Ad

             मन्त्री गुप्ताले विधेयकमा १ हजार ५ सय ८३ संशोधन प्रस्ताव रहेको र संशोधनमाथि छलफल गर्दा छलफलमै दुई वर्ष बित्नसक्ने भन्दै उच्च राजनीतिक तहमा समन्वय गरेर विधेयकलाई तत्काल अगाडि बढाउनुपर्ने बताए । ‘आज यस विधेयकमा सैद्धान्तिक छलफल भयो । छलफलमा माननीयहरूले जे सुझाव, सल्लाह दिनुभयो । ठिकै हो, १ हजार ५ सय ८३ वटा संशोधन प्रस्ताव छ ।

    Ad
    Ad
    Ad
    Ad

            यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ,' मन्त्री गुप्ताले भने, 'हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौं । उहाँहरूको निर्देशन लिन्छौँ र छलफल गरेर अगाडि बढ्छौँ । म सभापति र माननीयहरूलाई के आग्रह गर्छु भने यो समितिमा थुप्रै विधेयक छन् तर यसलाई पनि प्राथमिकतामा राखेर अगाडि बढाइदिउँ ।’ २०८० फागुन २१ मा दर्ता भएको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था समितिले अहिले आएर छलफल अगाडि बढाउन लागेको हो ।

    ताजा सूचना

    • वीरगञ्जमा केन्द्र सरकारसँग ठोक्कियो महानगर! कर्मचारी नस्वीकार्दा आर्थिक अधिकार नै खोसियो
    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.