२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • युवालाई अवसर प्रदान गर्ने नीति आवश्यक छ : राष्ट्रपति पौडेल

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२८ श्रावण २०८१

    काठमाडौं, साउन २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको सर्वाङ्गिण विकासमा युवाहरूको विशेष योगदानका लागि उपयुक्त अवसर प्रदान गर्ने नीति आवश्यक रहेको बताउनुभएको छ ।

    Ad
    Ad

    राजधानीमा सोमवार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित युवा सम्मेलन, २०२४ लाई सम्बाेधन गर्दै राष्ट्रपति पौडेलले सङ्घीयता, सूचना प्रविधिको विकास तथा बदलिदो सामाजिक परिवेशअनुसार परिवर्तन भएका युवाका आवश्यकता र भावनालाई सम्बोधन गर्नेगरी नयाँ नीतिको आवश्यकता रहेको स्पष्ट पार्नुभयो ।

    Ad
    Ad

    उहाँले भन्नुभयो, ‘राष्ट्रिय विकासमा युवा सहभागिता अभिवृद्धि गर्दै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको पूर्ण उपयोगको वातावरण सिर्जना गरी युवाको सशक्तिकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, प्रतिनिधित्व, खेलकुद तथा मनोरञ्जन लगायतका क्षेत्रमा विशेष अवसर प्रदान गर्न जरुरी छ ।’ युवा जनशक्तिको कुरा गर्दा दिनानुदिन विदेश पलायन भइरहेको शक्तिलाई नेपालमै रोकेर राष्ट्र निर्माणमा कसरी प्रयोग गर्ने भन्ने कुरा आज धेरै गम्भीर बनेर आएको बताउँदै उहाँले हामीसँग यति धेरै प्राकृतिक सम्भावना छन्, तिनलाई समुचित ढङ्गले उपयोगमा ल्याउन सके नेपालले समृद्धिका लागि कतै भौतारिन पर्ने छैन भन्नुभयो ।

    Ad

    “यसका लागि हाम्रा स्रोत र सम्भावनाअनुरुपको सीप र लगनशीलताको निर्माण र राष्ट्रका सम्भावनाप्रति सकारात्मक सोच र देशभक्ति अनुकूल स्वाभिमानी र स्वावलम्बी भावनाको विकास आजको अनिवार्य आवश्यकता हो” राष्ट्रपति पौडेलले भन्नुभयो ।

    राष्ट्रपति पौडेलले युवा राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणका अग्रदूत, परिवर्तनका संवाहक साथै राष्ट्रको अमूल्य सम्पत्ति भएको बताउँदै भन्नुभयो, ‘साहस, सिर्जनशीलता, उत्सुकता एवं उच्च आत्मविश्वासका कारण यो समूहलाई राष्ट्र निर्माणको प्रमुख स्रोत मानिन्छ । तसर्थ राष्ट्रको समग्र विकास र परिवर्तनमा युवाको अहम् भूमिका रहन्छ । परापूर्वकालदेखि नेपाली युवाले साहसी, योद्धा, वीरताको प्रतिक तथा विकास र परिवर्तनको संवाहकको रुपमा भूमिका निर्वाह गर्दै आएका छन् ।’

    उहाँले औपचारिक रुपमा युवाको सरोकार सम्बोधन गर्नका लागि २०५२ सालदेखि सरकारले युवा, खेलकुद तथा संस्कृति मन्त्रालयको स्थापना गरी संस्थागत प्रयास थालेको स्मरण गर्नुभयो । नवौं पञ्चवर्षीय योजनादेखि पहिलो पटक युवासम्बन्धी विषयलाई योजनाबद्ध विकास प्रयासमा समेट्ने प्रयास भएको पनि स्मरण गर्दै उहाँले भन्नुभयो, ‘२०६६ मा नेपाल सरकारले १६ देखि ४० वर्ष उमेर समूहलाई युवाको रूपमा परिभाषित गरेपछि पहिलो पटक युवा नीति २०६६ जारी गरियो र पछि राष्ट्रिय युवा नीति, २०७२ जारी भयो ।

    ’ राष्ट्रपति पौडेलले परिवर्तित विश्व परिवेश, विज्ञान प्रविधिमा आएको नविनतम विकासको सन्दर्भमा युवासम्बद्ध समस्या तथा चुनौतीलाई सम्बोधन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यी चुनौतीलाई सम्बोधन गर्न युवालाई राष्ट्र र राष्ट्रियताप्रति समर्पित, वैयक्तिक स्वतन्त्रता, विश्वव्यापी मानवअधिकारको सिद्धान्त, लोकतान्त्रिक मूल्य मान्यता, विश्वशान्ति, सहअस्तित्वको भावना जगेर्ना, वातावरणीय सम्पदाको संरक्षण र संवर्धन तथा विभिन्न जातजाति, भाषा, धर्म, संस्कृतिबिच सहिष्णुता कायम गर्दै युवाको शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका आवश्यकताको परिपूर्ति समानता एवं समतामूलक वितरणको सिद्धान्त आधारमा गर्न आवश्यक छ ।’ राष्ट्रपति पौडेलले २०७८ को जनगणना अनुसार, नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको युवा जनसङ्ख्या कुल जनसङ्ख्याको ४२.५६ प्रतिशत रहेको बताउँदै उम्दा जनशक्तिको प्रचुरताको यो ऐतिहासिक क्षणलाई समाज रुपान्तरणको माध्यम बनाउन युवाको सर्वाङ्गीण विकास गरी क्षमताको गुणात्मक बढोत्तरीबाट जनसांख्यिक लाभ लिई राष्ट्र निर्माणको मूलधारमा ल्याउन आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

    ताजा सूचना

    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.