१९ जेठ २०८३, मंगलबार / 02 June 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विशेष महाधिवेशनबारे माओवादीभित्र दुईथरी मत

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२७ श्रावण २०८१

    २७,श्रावण  काठमाडौँ ।

    Ad
    Ad
    Ad

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले पार्टी नीति र नेतृत्वको विषयमा खुलेर बहस गरेका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरेका हुन् । Tata Folliderm शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गरेका थिए ।

    Ad
    Ad
    Ad

                   आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नीति र नेतृत्वको विषयमा सैद्धान्तिक बहस गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘पार्टीमा नयाँ विधि र पद्धतिको सिस्टम विकास गर्नुपर्छ भन्ने कुरा सबैले जोड दिएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

            वैज्ञानिक नेतृत्वको विषयमा सैद्धान्तिक कुरा भएको छ । वैचारिक, सांगठनिक, विधिगत रूपमा तयारी गर्दै जानुपर्छ भन्ने विषय अध्यक्षले सुरुको दिनमै भनिसक्नुभएको छ । सबैको धारणा आएपछि उहाँले बैठकमा उठेको प्रश्नको जवाफ दिनुहुनेछ,’ सापकोटाले भने ।

                   उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधिमा धेरै राम्रो तयारी गर्नुपर्ने भन्दै उनले सैद्धान्तिक बहस मात्र भएकाले यसबारे केन्द्रीय समिति बैठकले मात्र टुङ्ग्याउने बताए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहेको सापकोटाले जानकारी दिए।

                   उनका अनुसार केही सदस्यले नियमित महाधिवेशन मिति आउन लागेकाले विशेष महाधिवेशनको आवश्यकता नभएको विचार राखेका थिए । तर केहीले भने विशेष महाधिवेशन गरी सांगठनिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यो विषय पनि अब केन्द्रीय समितिले नै टुङ्ग्याउने उनको भनाई थियो ।

    ताजा सूचना

    • वीरगन्जमा 'हिन्दू राष्ट्र र संविधान संशोधन' सम्बन्धी विचार गोष्ठी सम्पन्न
    • निवर्तमान नेतृत्वले कागजात र हरहिसाब नबुझाई तालाबन्दी गरेकोमा पत्रकार महासंघ पर्साको गम्भीर आपत्ति
    • मेयर सिंहलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालन
    • बन्धक बनाउने खेलका विरुद्ध ४० पत्रकार मैदानमा; ३ दिने अल्टिमेटमसहित बुझाए मागपत्र
    • विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघलाई ३० थान ज्याकेट हस्तान्तरण;
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.