१ पुष २०८२, मंगलबार / 16 December 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • विशेष महाधिवेशनबारे माओवादीभित्र दुईथरी मत

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२७ श्रावण २०८१

    २७,श्रावण  काठमाडौँ ।

    Ad
    Ad
    Ad

    नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा नेताहरूले पार्टी नीति र नेतृत्वको विषयमा खुलेर बहस गरेका छन् । शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा नेतृत्वको विकल्प, विचार संश्लेषण, पार्टी निर्माण लगायत विषयमा नेताहरूले खुलेर बहस गरेका हुन् । Tata Folliderm शनिबार बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले पार्टीभित्रको समस्या, नेतृत्वको विकल्प र पार्टी निर्माणबारे लिखित प्रस्ताव नै पेस गरेका थिए । त्यस्तै, अर्का उपमहासचिव वर्षमान पुनले पनि नीति र नेतृत्व सम्बन्धमा खुलेर बहस गरेका थिए ।

    Ad
    Ad
    Ad

                   आइतबार बसेको बैठकमा बोल्ने अधिकांश नेताहरूले नीति र नेतृत्वको विषयमा सैद्धान्तिक बहस गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । ‘पार्टीमा नयाँ विधि र पद्धतिको सिस्टम विकास गर्नुपर्छ भन्ने कुरा सबैले जोड दिएका छन् ।

    Ad
    Ad
    Ad
    Ad

            वैज्ञानिक नेतृत्वको विषयमा सैद्धान्तिक कुरा भएको छ । वैचारिक, सांगठनिक, विधिगत रूपमा तयारी गर्दै जानुपर्छ भन्ने विषय अध्यक्षले सुरुको दिनमै भनिसक्नुभएको छ । सबैको धारणा आएपछि उहाँले बैठकमा उठेको प्रश्नको जवाफ दिनुहुनेछ,’ सापकोटाले भने ।

                   उत्तराधिकारी तयार पार्ने कुरामा सिद्धान्त, विचार, विधिमा धेरै राम्रो तयारी गर्नुपर्ने भन्दै उनले सैद्धान्तिक बहस मात्र भएकाले यसबारे केन्द्रीय समिति बैठकले मात्र टुङ्ग्याउने बताए । यस्तै विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा छलफल भइरहेको सापकोटाले जानकारी दिए।

                   उनका अनुसार केही सदस्यले नियमित महाधिवेशन मिति आउन लागेकाले विशेष महाधिवेशनको आवश्यकता नभएको विचार राखेका थिए । तर केहीले भने विशेष महाधिवेशन गरी सांगठनिक समस्या समाधान गर्नुपर्नेमा जोड दिएका थिए । यो विषय पनि अब केन्द्रीय समितिले नै टुङ्ग्याउने उनको भनाई थियो ।

    ताजा सूचना

    • पर्सा काण्ड: ज्वाइँ वीरेन्द्र यादवमाथि ससुरालीको सम्पत्तिमा लोभका कारण पारिवारिक हिंसा निम्त्याएको आरोप, सोही प्रकरणमा श्रीमती सुनिता यादव अदालतबाट दोषी ठहर, अभियुक्त फरार
    • १७६ किलो गाँजासहित पर्सा प्रहरीको ठूलो सफलता, लागुऔषध तस्करीविरुद्ध कडा एक्सन
    • सनलाईट अन्तर–विद्यालय टी–२० क्रिकेट २०८२ सम्पन्न: बिधासागर माविले उपाधि जित्यो
    • नेपाली होटल व्यवसायी संघको २३औँ वार्षिक साधारण सभा सम्पन्न
    • विद्यालयको पोसाकमा एकसमानता कायम गर्न माग, हिजाब/बुर्का हटाउन सुझाव वीरगन्ज।
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.