२८ असार २०८२, शनिबार / 12 July 2025, Saturday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्रीलाई सांसदको प्रश्न : ‘नक्कली शरणार्थी प्रकरणको छानबिन सस्तो लोकप्रियताका लागि मात्र हो ? ’

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today३ जेठ २०८०

    अग्निपथ मेडिया  

    Ad
    Ad

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा बिहीबार सांसदहरूका १५ प्रश्न सामना गर्दै छन् । पूर्वमाओवादी लडाकुको खर्च, वाइडबडी विमान, ललिता निवासदेखि भुटानी शरणार्थी प्रकरणसम्मका विषयमा सांसदहरूले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्न लागेका हुन् ।

    Ad
    Ad

    प्रधानमन्त्री दाहाललाई सोध्न २० सांसदले लिखित प्रश्न मंगलबार नै संसद् सचिवालयमा बुझाइसकेका थिए । प्रतिनिधिसभा नियमावलीको नियम ५६ (५) मा एक दिनको बैठकमा बढीमा १५ जनाले मात्र प्रश्न गर्न मिल्ने व्यवस्था छ । त्यहीअनुसार १५ सांसदले मात्र बिहीबार दाहालसँग प्रश्न गर्ने मौका पाउनेछन् । संसद् सचिवालयले सांसदबाट प्राप्त प्रश्न तयारीका लागि मंगलबार नै प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ ।

    Ad

    संसद् सचिवालयका अनुसार कांग्रेस र एमालेबाट ३/३ जनाले प्रश्न गर्न पाउनेछन् । माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, एकीकृत समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टीका १/१ जनाले प्रश्न गर्नेछन् । एक सांसद रहेका राष्ट्रिय जनमोर्चा, नेमकिपा, आम जनता पार्टी र दुई स्वतन्त्र सांसदमध्येबाट १ जनाले बोल्नुपर्ने सचिवालयको प्रस्ताव छ । एक सांसद रहेका दल र स्वतन्त्रमध्ये कसले प्रश्न गर्ने भन्ने टुंगो लागेको छैन । ‘पाँच जनाको नाम आएको छ, सबैले बोल्न पाउनुपर्ने उनीहरूको माग छ । गोला तान्ने कि भन्दा पनि सहमति जुट्न सकेको छैन,’ सचिवालयका एक अधिकारीले भने ।

    विपक्षी दल एमालेका एक सांसदले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा संशय गर्दै प्रधानमन्त्री दाहालसामु प्रश्न राख्न लागेका छन् । ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी पहिचान गरी कारबाहीे प्रक्रिया अघि बढ्दा आम नागरिक उत्साहित छन् । तर, संशय पनि छ, स्टन्ट, सस्तो लोकप्रियताका लागि मात्र हो कि ? होइन भने अनुसन्धानको निष्पक्षता र पारदर्शिता रहन्छ भन्ने सवालमा सदनलाई कसरी विश्वस्त बनाउनु हुन्छ ?’

    सत्तारूढ दलका एक सांसदले शरणार्थी प्रकरणमा ‘भीआईपी’ लाई जोगाउन खोजिएको भन्ने आरोप आइरहेको उल्लेख गर्दै वास्तविकताबारे प्रश्न गर्ने भएका छन् । एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले यसअघिकै प्रतिनिधिसभा बैठकमा भुटानी शरणार्थी प्रकरणका विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्ने माग राखिसकेका छन् ।

    प्रधानमन्त्री कार्यालयका अनुसार भ्रष्टाचार, बेथिति, आर्थिक संकटका विषयमा पनि सांसदले प्रधानमन्त्रीबाट जवाफ मागेका छन् । तराई–मधेस र थरुहट आन्दोलनको छानबिन गर्न पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भनेर पनि सांसदले प्रश्न गर्दै छन् । सत्तारूढ नागरिक उन्मुक्ति पार्टीले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने मागलाई प्राथमिकताका साथ उठाउँदै आएको छ ।

    शिक्षा ऐन संशोधन विधेयक, नागरिकता विधेयक कहिले आउँछ भनेरसमेत सांसदले प्रधानमन्त्री दाहाललाई प्रश्न गर्नेछ । उच्च शिक्षा आयोगको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ भन्ने अर्को प्रश्न छ । कांग्रेस र एमालेका सांसदले प्रधानमन्त्री दाहालको सम्भावित भारत भ्रमणमा लिपुलेक, कालापानीको मुद्दा उठ्छ कि उठ्दैन भन्ने प्रश्न गर्नेछन् । माओवादी सांसदले ‘शान्ति प्रक्रियाको बाँकी काम कहिले सकिन्छ ?’ भन्ने प्रश्न तयार गरेका छन् । कांग्रेसका एक सांसदले भूकम्पपीडितले पहिलो किस्ता पाए पनि बाँकी कहिले आउने भन्दै लिखित प्रश्न गर्दै छन् ।

    प्रधानमन्त्री र उनको कार्यक्षेत्रसँग प्रत्यक्ष सम्बन्धित महत्त्वपूर्ण विषयमा सांसदहरूले प्रश्न गर्न सक्ने व्यवस्था प्रतिनिधिसभा नियमावलीमा छ । लिखित प्रश्न पठाइसकेका सांसदलाई सभामुखले पालैपालो समय दिनेछन् । प्रश्नकर्ता सांसदले आफ्नो स्थानमा उभिएर प्रधानमन्त्रीसँग प्रश्न गर्नुपर्नेछ । प्रश्नको जवाफ प्रधानमन्त्री दाहालले तत्काल दिनुपर्ने हुन्छ । एक सांसदको प्रश्नको जवाफ दिइसकेपछि सभामुखले अर्को सांसदको नाम बोलाउनेछन् ।

    ताजा सूचना

    • "हाम्रो र राम्रो Nexus Education Pvt Ltd : बिदाइ कार्यक्रममा विश्रामपुर गाउँपालिका प्रमुख जुल्फकार अली भुटो (जुबेर भाई)को प्रमुख आतिथ्य, कार्यक्रम प्रेरणादायी, उज्ज्वल भविष्यको कामना
    • "सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताविरुद्धको षड्यन्त्र: सच्चा राष्ट्रसेवकलाई बदनाम पार्ने खेलको पर्दाफास"
    • नेपाली कांग्रेसमा बाढीजस्तै प्रवेश, पानी समस्यामाथि कडा टिप्पणी गर्दै अनिल रुङ्गटाले दिए चेतावनी
    • छाडा तीज गीतविरुद्ध लोक सञ्चारकर्मीको आवाज, गृहमन्त्रीलाई १० बुँदे ज्ञापनपत्र
    • मनसुनजन्य विपद् न्यूनीकरणमा चीनसँग सहकार्य अपरिहार्य : उर्जामन्त्री खड्का
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.