२७ फाल्गुन २०८२, बुधवार / 11 March 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रहरीमा स्टाफ कलेज कोर्स लागु नगर्न परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    • मो.सगिर अलि मो.सगिर अलि
    • today२७ फाल्गुन २०८१

    काठमाडौं । प्रहरीमा स्टाफ कलेज कोर्स लागु नगर्न माग गर्दै दायर भएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।न्यायाधीश हरिप्रसाद फुँयालको इजलासले अन्तरिम दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आउँदो ४ चैतमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको हो । प्रहरीमा स्टाफ कलेज लागु नगर्न माग गर्दै २० डीएसपीले सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए । रिट दायर गर्ने २०७० मा इन्सपेक्टरमा भर्ना भएर अहिले डीएसपी भएकाहरू छन् । नेपाल प्रहरीमा २०७० मा भर्ना भएका इन्सपेक्टरको ब्याचबाट स्टाफ कलेज सुरु गर्ने तयारी गरिएको छ । त्रिविसँग सम्झौता गरेर प्रहरीले प्रक्रिया अघि बढाइसकेको छ ।

    Ad
    Ad
    Ad

     


    त्यसैगरी संसद्‍मा दर्ता भएको प्रहरी विधेयकमा समेत स्टाफ कलेज लागु गर्नेबारे उल्लेख गरिएको छ । स्टाफ कलेज पास नहुनेले डीआईजी नबन्ने र एसएसपीमै घर जानुपर्ने विधेयकमा उल्लेख गरिएको छ ।ऐन नै नबनेको अवस्थामा प्रहरी महानिरीक्षकले बनाएको समितिले अध्ययन गरेर स्टाफ कलेजको प्रावधान राख्नु विद्यमान प्रहरी ऐन नियमावली विपरीत भन्दै खारेजीको माग गरिएको थियो ।रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई, दिनेश त्रिपाठी, भीमार्जुन आचार्य र अधिवक्ता डा. गणेश रेग्मीले बहस गरेका थिए । स्टाफ कलेजको रूपमा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस) मा कोर्समा गत २१ भदौमा हस्ताक्षर भएको थियो ।

    Ad
    Ad
    Ad

    ताजा सूचना

    • चीनले भारतसँग जोडिएका संवेदनशील सीमावर्ती क्षेत्रहरूमा पूर्वाधार विस्तारलाई तीव्र बनाउने योजना अगाडि बढाइरहेको छ। आगामी १५औँ पञ्चवर्षीय योजना अन्तर्गत, चीनले शिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा ३९४ किलोमिटर लामो नयाँ राजमार्ग निर्माण गर्ने तयारी गरिरहेको छ।
    • सांसद मन्त्री नबनाउने तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी, चुनावी खर्च र भ्रष्टाचार घटाउने लक्ष्य
    • द्वैध नागरिक नागेन्द्र यादवले नेपालमा फैलाए करोडौँको साम्राज्य, नेपालको कमाई भारत बिहारमा सार्दै
    • चार वर्षमै राजनीतिक भूचाल: रास्वपा बनेको देशकै सबैभन्दा ठूलो शक्ति
    • दुबईका एयरलाइन्सको चेतावनी: पक्का टिकट भएका यात्रु मात्र विमानस्थल जानुहोस्
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.