मधेस प्रदेशका सचिव सुशील शाह सरकारी गाडीको दुरुपयोग
-
संजय कुशवहा
- today१५ फाल्गुन २०८१
बीरगञ्ज,– मधेस प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव सुशील शाह सरकारी गाडीको दुरुपयोग गर्दै आएको खुलासा भएको छ। प्राप्त भिडियोमा सचिव शाहले सरकारी गाडीमार्फत रक्सौलबाट निजी सामान ओसारपसार गरिरहेको देखिन्छ।
स्रोतका अनुसार सचिव शाहले पटक–पटक सरकारी गाडीलाई व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्दै आएका छन्। सरकारी स्रोतसाधनको यस्तो दुरुपयोग गर्नु कानुनी रूपमा दण्डनीय भए पनि सम्बन्धित निकाय मौन देखिएको छ।
त्यस्तै, बीरगञ्ज भन्सार कार्यालयका डीएसपीले सर्वसाधारणको समान जफत गर्ने तर प्रभावशाली र शक्तिशाली व्यक्तिहरूलाई सरकारी गाडीको संरक्षण प्रदान गर्ने गरेको आरोप लागेको छ। सर्वसाधारणबाट समान खोस्ने र पहुँचवालाहरूलाई सुविधा दिने प्रवृत्तिले कानुनी राज्यको खिल्ली उडाएको स्थानीय व्यवसायीहरू बताउँछन्।
यस विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा आउन बाँकी छ। सरकारी स्रोतसाधनको दुरुपयोग र भन्सार कार्यालयका अधिकारीहरूका गतिविधि विषयमा अनुसन्धान हुनुपर्ने आवश्यक छ