भारतीय सेनाका ६ पूर्वस्थल सेनाध्यक्ष काठमाडौंमा
-
कुन्दन कुमार साह
- today१३ फाल्गुन २०८१
भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्षहरू काठमाडौं आइपुगेका छन्। शिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२ औं वार्षिकोत्सवको लागि मंगलबार ६ जना भारतीय सेनाका सेनाध्यक्षहरू काठमाडौं आइपुगेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
पूर्वसेनाध्यक्षहरू जोगिन्दर जसवन्त सिंह, दीपक कपुर, विजय कुमार सिंह, दलवीर सिंह सुहाग, मनोज मुकुन्द नरवणे र मनोज पाण्डे काठमाडौं आइपुगेका हुन्। उनीहरू सेना दिवसको कार्यक्रममा सहभागी हुनेछन्। त्यस्तै ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरूको समेत भ्रमण गर्नेछन्।