जनकपुरमा प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षात्मक गोष्ठी सम्पन्न
-
अनजित राउत कुर्मि
- today१३ फाल्गुन २०८१
जनकपुर । मधेश प्रदेशमा अपराध अनुसन्धानसम्बन्धी समस्या र समाधानका उपायहरूबारे प्रदेश स्तरीय समीक्षात्मक गोष्ठी आज जनकपुरमा सम्पन्न भएको छ। गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका डिआईजी तथा प्रदेशभरका जिल्ला प्रहरी प्रमुखहरूको विशेष सहभागिता रहेको थियो।
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजनामा तथा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रम धनुषाको रोयल प्यालेस होटल, मुजेलियामा सम्पन्न भएको थियो। कार्यक्रममा अपराध अनुसन्धानका वर्तमान चुनौती, प्रभावकारी अनुसन्धानका उपाय तथा भविष्यका रणनीतिहरूबारे छलफल भएको थियो।
समीक्षात्मक गोष्ठीमा सहभागीहरूले मधेश प्रदेशमा अपराध नियन्त्रण र अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।