वीरगञ्जमा पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाहको ७५ औं जन्मोत्सव धुमधामसँग मनाइयो
-
बलिराम श्रीवास्तव
- today०७ फाल्गुन २०८१
वीरगञ्ज । पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाह सरकारको ७५ औं शुभ जन्मोत्सव वीरगञ्जको महावीर मन्दिर प्राङ्गणमा विशेष समारोहबीच धुमधामका साथ सम्पन्न भएको छ।
सो कार्यक्रम राज फक्त देश भक्तका अध्यक्ष दिपेन्द्र प्रसाद रौनियारको अध्यक्षतामा आयोजना गरिएको थियो। कार्यक्रममा सन्तोष कुमार श्रीवास्तव, पशुपति विक्रम शाह, श्रीमती उषा शाह, हीरा बहादुर चन्द, अब्दुल सतार अंसारी, महेन्द्र प्रसाद साह, रामनारायण प्रसाद साह लगायत थुप्रै व्यक्तिहरूको उपस्थित रहेको थियो।
कार्यक्रममा वक्ताहरूले पूर्व श्री ५ बडामहारानी कोमक राज्य लक्ष्मी देवी शाहको योगदानको चर्चा गर्दै राष्ट्रप्रेम तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिन यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताएका थिए।
कार्यक्रमको अवसरमा पूर्वराजसंस्थाप्रति आस्था राख्ने नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकहरूले आगामी वर्षहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।