वीरगन्जमा इनर्वा प्रहरीद्वारा साइबर अपराधविरुद्ध जनचेतना कार्यक्रम सम्पन्न
-
बलिराम श्रीवास्तव
- today०२ फाल्गुन २०८१
वीरगन्ज, इनर्वा – साइबर अपराधका घटनामा वृद्धि भएसँगै पर्सा जिल्लाको इनर्वा-१६ मा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा र समुदाय प्रहरी साझेदारीको आयोजनामा विशेष जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा साइबर अपराधको बढ्दो चुनौती, यसको असर, र सुरक्षाका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। प्रहरीका अनुसार यो कार्यक्रमले नागरिकलाई डिजिटल जोखिमप्रति सजग गराउनुका साथै साइबर अपराधविरुद्ध सजगता र सावधानी अपनाउन प्रेरित गरेको छ।
कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रह्यो। सहभागीहरूले साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण र जानकारीलाई उपयोगी मान्दै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्न माग गरेका छन्।
साइबर अपराध नियन्त्रणमा प्रहरी र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।