पाइपको परीक्षण सफल भयो, केहीबेरमा घर घरमा पानी पुग्छ : खानेपानी मन्त्री
-
कृष्ण प्रसाद शर्मा
- today०१ फाल्गुन २०८१
काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप मर्मत सकाएर पानी परीक्षण पनि भइसकेको जानकारी दिएका छन् । केहीबेरमा प्रभावित क्षेत्रका घर घरमा पानी पुग्ने मन्त्री यादवको भनाइ छ । पाइपमा पानी परीक्षण सफल भयो । अब केहीबेरमा बन्द भएको क्षेत्रका घरघरमा सप्लाइ पनि गर्छौं,’ मन्त्री यादवले अनलाइनखबरसँग भने । बुधबार रातिबाटै पाइप मर्मतको काम थालिएको थियो ।
उक्त पाइप फुट्दा बुधबार दिउँसो बबरमहल क्षेत्र डुबानमा परेको थियो । प्राधिकरणले ड्रिलिङको काम गर्दा पाइप फुट्न पुगेको थियो । प्राधिकरणले राति नै विद्युत् प्राधिकरणले ड्रिलिङ गरेको पाइप झिक्दा ढिला गरेको मन्त्री यादवले बताए । प्राधिकरणले राति नै पाइप झिकिदिएको भए बिहानै काम सकिन्थ्यो,’ मन्त्री यादवले भने, ‘हामीलेहिजो रातीदेखि नै मर्मत सुरु गराएका थियौं । २० घण्टामा नै काम सकायौं । अब एक डेढ घण्टापछि नै पानी घरघरमा पुग्छ ।’
प्राधिकरणले उपत्यकामा विद्युत्का तारहरू व्यवस्थित गर्न भन्दै अण्डरग्राउण्डको काम गरिरहेको छ । मन्त्रालय र मातहतका निकायसँग समन्वयन नगरी प्राधिकरणले काम गर्दा पाइप फुट्न पुगेको बताएका छन् । प्राधिकरणले पनि आफूहरूको गल्तीकै कारण पाइप फुटेको स्वीकार गरिसकेको