वीरगञ्ज: ठाकुरराम बहुमुखी कलेजमा नेपाल विद्यार्थी परिषद्को एकाई समिति गठन
-
बलिराम श्रीवास्तव
- today२८ श्रावण २०८१
वीरगञ्ज । नेपाल जनता पार्टी निकट नेपाल विद्यार्थी परिषद्ले वीरगञ्जस्थित ठाकुरराम बहुमुखी कलेजमा एकाई समिति गठन गरेको छ। आज सम्पन्न विधार्थीहरुको भेलामा पार्टीका पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा २५ सदस्यीय समिति गठन गरिएको छ।
समितिको अध्यक्षमा हीरामन पंडित चयन भएका छन् भने उपाध्यक्षमा दीपेश पंडित, मंत्रीमा अमन गुप्ता, कोषाध्यक्षमा प्रिया सिंह, र सल्लाहकारमा आशीष महतो रहेका छन्। समितिका अन्य सदस्यहरुमा आदित्य सर्राफ, राहुल सर्राफ, योगेन्द्र महतो, सौदागर गिरी, राजेश गिरी, करण पटेल, राजन सहनी, प्रियका थापा, मुस्कान श्रेष्ठ, दीपा मगर, सुमन साह, खुशबु सर्राफ, गुड़िया शर्मा, अश्यन् पटेल, दीपकराज यादव, रंजन यादव, विशाल शाही, राजेश पटेल, मंजेश दास, र आलोक सिंह रहेका छन्।
कार्यक्रममा वक्ताहरुले ठाकुरराम कलेजको गरिमा बढाउन, शिक्षक र विधार्थीको सम्मानमा कार्यक्रम संचालन गर्न, सरोकारवालासँग समन्वय र सहकार्य गरी रचनात्मक भूमिका निर्वाह गर्न, सामाजिक कार्य गर्न, र तालीम संचालन गर्न जोड दिएका थिए।
भेलामा नेपाल जनता पार्टीका वरिष्ठ नेता संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, मधेश प्रदेश समिति सदस्यहरु पारस दुबेदी, रामप्रसाद कुर्मी, पर्सा जिल्ला महामंत्री नबीन मिश्रा, मंत्री आनन्द सिंह, कार्य समिति सदस्यहरु संतोष कुशवाहा, सुमन्त कुमार दीप, र रोशन गुप्ता लगायतको उपस्थिति रहेको थियो।