सिन्धुपाल्चोक–२ बाट माआवादी केन्द्रले सिफारिस गर्यो २ जनाको नाम
-
अग्निपथ सम्बादाता
- today२० भदौ २०७९
आसन्न संसदीय निर्वाचनमा सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि चुनाव लड्न नेकपा माओवादी केन्द्रबाट २ जना सिफारिस भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फको सिन्धुपाल्चोक–२ का लागि प्रत्यक्ष तर्फ बागमती प्रदेशसभा सदस्य एव् प्रदेशका पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ र नेता चन्द्रबहादुर थापालाई सिफारिस गरेको हो ।
यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ सिन्धुपाल्चोक–२ बाट ३ जनाको नाम सिफारिस भएको छ । जसमा नेता बलराम वि.क., उद्दन आले मगर र ठुलोबाबु श्रेष्ठ गरी तीन जनाको नाम समावेश गरिएको छ । यस्तै प्रदेशसभातर्फको सिन्धुपाल्चोक–२ (क) का लागि प्रत्यक्षबाट चुनाव लड्न ४ जनाको नाम सिफारिस गरेको छ । सो क्षेत्रबाट प्रत्यक्षतर्फ चुनाव लड्न चौतारा साँगागढी नगरपालिकाकी निर्वतमान उपमेयर जानुका पराजुली, नेताहरु चिरञ्जीवी आचार्य, श्यामकृष्ण श्रेष्ठ र गोबिन्द पराजुलीको नाम सिफारिस गरेको हो ।
यस्तै सो क्षेत्रबाट समानुपातिक तर्फ ६ जनाको नाम सिफारिस गरिएको छ । जसमा नेताहरु वीरबहादुर तामाङ, ललित श्रेष्ठ, श्याम सुन्दर श्रेष्ठ, चिनबहादुर तामाङ, सुशीलबहादुर माझी र नेतृ बिनु खडकाको नाम समावेश गरिएको छ ।