देउवाले ल्याएको अध्यादेश प्रमाणीकरण नगर्ने राष्ट्रपतिको तयारी
-
अग्निपथ सम्बादाता
- today२९ मंसिर २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
काठमाडौं ,१ पुस। प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न ‘मुलुकी फौजदारी कार्यविधि संहिता पहिलो संशोधन अध्यादेश, २०७९’ जारी गर्न सिफारिस गरेपछि पार्टीभित्रै तहल्का मच्चिएको छ ।
मन्त्रिपरिषद्को आइतबारको बैठकले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम निर्णय गरी अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निणर्य गरेको थियो । सो विषयलाई लिएर काँग्रेसका सबैजसो नेताहरु रुष्ट बनेका छन् ।
काँग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले यसको खण्डन गरिसकेका छन् । त्यस्तै नयाँ सांसदहरुले पनि यसको चौतर्फी विरोध गरेका छन् ।
मन्त्रिपरिषदबाट अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीकहाँ पुगिसकेको छ । अब राष्ट्रपतिले प्रमाणीकरण गरेपछि मात्र त्यो अध्यादेश कानूनजसरी नै लागू हुन सक्छ । अन्यथा हुन सक्दैन ।
तर राष्ट्रपति भण्डारीले भने सहजै अध्यादेश प्रमाणीकरण गर्ने तयारीमा छैनन् । शितलनिवास स्रोतका अनुसार अध्यादेशप्रति राष्ट्रपति सकारात्मक छैनन् ।
देउवाले केही महिनाअगाडी मात्रै नागरिकता विधेयक पनि प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुर्याएका थिए । तर राष्ट्रपतिले त्यसलाई सदर गरिनन्