पत्रकारको नाममा लुटी खाने धन्दा।
-
अग्निपथ सम्बादाता
- today२७ भदौ २०७९
पत्रकारको नाममा लुटी खाने धन्दा। देशका पत्रकार र मिडिया भनेका राज्यका तेस्रो अंगको रूपमा सरकारले स्थापित गरेको हुन्छ। नेपालमा कतिपय पत्रकार र मिडियाहरूले देशको समसामयिक घटनाक्रम र सरकारलाई खवरदारी गलत बिषयको उजागर गर्नु दायित्व संचार जगतको हो। बिशेष वीरगन्जका २/४ जना पत्रकारहरूले पत्रकारिताको पेशालाई मागी खाने भाँडोको रूपमा विगत एक दशक देखि निरन्तर लागि वीरगन्जका व्यापारीवर्ग प्रशासन समेतलाई गलत रूपमा प्रयोग गरिरहेका छन। यी समाजका भाईरस हुन। समाजका गतिहीन र मतिहीन तथा पित पत्रकारका दोतक हुन। विगतको समयम देखि अंगिकृत नागरिकता पाउने नेपाली नागरिकहरूलाई तर्साएर पैसाको वार्गेनिङ्ग गरेर पेट पाल्ने धन्धाको रूपमा लिएका छन। ती पत्रकारको काम नागरिकता र व्यापारीक प्रतिष्ठानका व्यक्तिको डर त्रास र धम्कीको रूपमा वीरगन्जका व्यापारीहरू ठुलो मर्का परेको स्थानीय व्यापारीले गुनासो गरेका छन।
विषय संदर्भमा हेर्दा विगतमा एउटा प्रतिष्ठा व्यापारी राजनीतिक नेतृत्वको वारेमा विगतमा नागरिकताको बिषयलाई लिएर विभिन्न पत्रिकामा चरित्र हत्या गरेका थिए। हाल आएर देशको भाग्य र भविष्य सुनिश्चित गर्न खटिएका राष्ट्रिय व्यक्तिलाई जोडेर एउटा कर्मठ नेता नरेश कुमार साहलाई वीरगन्जबाट प्रकाशित हुने यात्रा डेली पत्रिकामा सम्पादक राम शर्राफले फेरि चिरत्र हत्या गरेका छन। लिङ्गलेनका खजाञ्चि भारतीय नागरिक नरेश साहलाई पर्शाबाट निर्वाचनमा लडाउने तयारी शीर्षकमा समाचार सम्प्रेषण गरेकामा राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको नेतालाई राखेर नरेश कुमार साहको चरित्र हत्या गरेको बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्शा जिल्ला कार्य समितिले प्रेस विज्ञप्ति जारी गरेर सम्मान संचार जगतकै मान मर्दन गरिएकोमा गंभीर ध्यानाकर्षण सहित विज्ञप्ति जारी गरेको छ। यश विषमा कपोलकल्पित, भ्रमक , प्रमाण विहीन समाचारले पत्रकारिता माथि जन विस्वास र जन आश्था समेतमा ठुलो आघात पुगेको स्थलगत रूपमा हाम्रा अग्निपथ मिडियाका रिपोटरले जनाएका छन। यसमा विगतकै पत्रकारवाट हाल यात्रा डेलिका सम्पादक राम शर्राफ समेत प्रयोग भएका छन।
वीरगन्जका आफुलाइ प्रतिभाशाली र हरेक यस्ता दुषित घटनामा पर्दा भित्र रहेर तर खान पल्केका महान पत्रकारको नेतृत्वमा व्यापारी समेतलाई तर्साएर खाने काममा सकृय भएको स्थानीय जनताको प्रतिक्रिया रहेको छ। घटनाक्रमको वास्तविकता ती महान पत्रकारका साथिका नातेदार संदीप श्रीवास्तवले काठमाडौ र ललितपुरको आफ्नो कम्पनीको मनेजरको रूपमा काम गर्दा करोडौंको रकम हिनामिना गरेर हाल फरार रहेका छन। त्यही रकम पचाउन यो घटनाक्रमको जन्म भएको हो। सत्यतथ्य सार्वजनिक हुनेछ। यस्तो भ्रमित समाचारले समाज र व्यापारीमा अपमान हुने बिषयमा उद्योग बाणिज्य संघले प्रतिवाद गर्ने र पार्टीले कानुनी उपचारमा जाने अग्निपथ मिडिया वीरगन्जले जनाएको छ ।