वीरगञ्जस्थित श्री शिरडी साई बाबा मन्दिरको छैटौँ वार्षिक उत्सव भोली मनाइँदै, बिहान ८ बजे शोभा यात्रा निकालिने
-
अशोक यादब
- today०५ कार्तिक २०८१
वीरगञ्ज । वीरगञ्जको गीता मन्दिरस्थित श्री शिरडी साई बाबा मन्दिरले आफ्नो छैटौँ वार्षिक उत्सव भव्य रूपमा मनाउन गइरहेको छ ।
मन्दिर ट्रस्टद्वारा आयोजित यस विशेष कार्यक्रममा सम्पूर्ण भक्तजनलाई सहभागी हुन निमन्त्रणा गरिएको छ । मन्दिरका प्रमुख संरक्षक नीरज कुमार सर्राफले भक्तजनलाई कार्यक्रममा सहभागी भई धार्मिक लाभ लिन आग्रह गरेका छन् ।
यस अवसरमा विभिन्न धार्मिक कार्यक्रमको आयोजना गरिएको छ । भोली, कार्तिक ६ गते बिहान ८ बजे शोभा यात्राबाट उत्सवको सुरुवात हुनेछ । त्यसपछि साढे ९ बजे पूजाआजा र साढे ११ बजे जोत कार्यक्रम सम्पन्न गरिनेछ ।
भक्तजनलाई साढे १२ बजे भन्डारा महाप्रसाद ग्रहण गर्न आमन्त्रण गरिएको छ । महाप्रसाद पश्चात् सत्सङ्ग, भजन र कीर्तन कार्यक्रमको आयोजना हुनेछ, जसमा भक्तजनले आध्यात्मिक लाभ लिन सक्नेछन् ।
सम्पूर्ण भक्तजनलाई यस धार्मिक उत्सवमा सहभागी भई भगवान् शिरडी साई बाबाको कृपा प्राप्त गर्न हार्दिक अनुरोध गरिएको छ ।