रोकेर राखिएको विद्युतीय कारमा आगलागी
-
दिलखुस देवान
- today०५ कार्तिक २०८१
काठमाडौं । काठमाडौंको सितापाइलामा पार्क गरेर राखिएको कारमा आगलागी भएको छ।
सोमबार बिहान सीतापाइलामा सडक छेउ रोकेर राखिउको बागमती प्रदेश ०१-०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आगलागी भएको हो।
अहिले कारमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आइसकेको सिआरभी सीतापाइलाका प्रहरी सहायक निरीक्षक शशीकुमार मण्डलले जानकारी दिए।