पर्सा, १९ शनिबार ।
देश काल ,परिस्थिति र परिवर्तन समयको माग हो। देशको विद्यामान अवश्था र देशले भोग्नु परेको चौतर्फी घेराबन्दीबाट हाम्रो समाज, हाम्रा सांस्कृतिक सभ्यता, मानवीय मूल्य र मान्यता आदर र सम्मान दिनप्रतिदिन धाराशाही भएको अवश्था छ।
देशको बिकाश भ्रष्टाचारको नियन्त्रण ,सामाजिक सुरक्षा र सम्मानमा सरकार र नेतृत्वपंक्ति चुकेकै हुन। म एउटा प्रतिष्ठित व्यापारी मात्र नभएर समाजसेवी र राजनीतिक नेतृत्वपनि हुँ।
मैले देशको बिशेषगरी राष्ट्रिय अर्थतन्त्रको जग कसरी बलियो बनाउने देशको बिकाश र जनताको सुनौलो भविष्य कसरी सुनिश्चित बनाउने राष्ट्रिय सवालमा परिवर्तन र सुधारकालागि राजनीतिक यात्रााम छु।
केही समय देखि वीरगन्जबाट प्रकाशित हुने केही पत्रिका र पत्रकारले पटकपटक मेरो चरित्र हत्या गर्ने र दोहोरो नागरिकताको विषयमा एक सुत्रिय रूपमा लागि रहेका छन। कहिले भारतीय नागरिक उमेदवार त कहिले पार्टी र नेतृत्व समेतलाई विवादमा तान्न र राष्ट्रिय प्रजातन्त्र पार्टीको गरिमा महिमा र पार्टीलाई कमजोर पार्न मेरो सुनियोजित ढंगबाट वर्णन र भजन किर्तन गरिरहेका छन कि मेरो बिरूद्धमा नै लेख्न पत्रिका खोलिएको हो जस्तो गरेर यस्ता समाजका पित एकाद दुई पित पत्रुकारबाट देशमा वा समाजमा के राम्रो संदेश र सुचना प्रवाह होला यो दु:खद विषय हो।
पटकपटक करोडौं खर्च गरेको छ भनेका छन त भारतीय नागरिक प्रभावशाली नेता चुनावी मैदानमा त कहिले भारतीय नागरिक त दोहोरो नागरिकता लिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय उमेदवार भनेर डोल पिटिरहेका छन। यो कस्तो विडम्बनापूर्ण गैर जिम्मेवार , लोभ र पापको परिस्थिति।
हुन त यसको बिषयमा अनुसन्धान र म स्वयंले विभिन्न मिडियाबाट यो नागरिकताको बिषयमा पटकपटक स्पस्टिकरण र सरकारबाट भएको सबै पाटो अनुसन्धान भएर स्पष्ट भएको अवश्थामा पैसा खान नपाएर अरू सम्मानित संचार जगतको नाम बदनाम गर्न, व्यापारी ठग्न बर्षौदेखि पल्केका यहीँ पेशालाइ अपनाएर मागी खाने भाँडो बनाएका ठग पत्रकारबाट वीरगन्जमा तमासा मच्चाउने काममा लागि रहेका छन। जवकि सबै अनुसन्धानबाट सफाइ पाउदापनि मैले पैसा नदिएको चुनावी मैदान र जनताबाट भारी समर्थन भएको अवश्थामा मलाई गिराउन बदनाम गर्न, चुनावी वातावरण धमिलो पार्न यी पत्रकार लागि रहेका छन।
अवश्था स्पस्ट छ र मैले चुनाव लडिरहेको छु। मलाई पटकपटक पैसाको डिमान्ड गरिरहेका छन। यस्ता समाचार कपोलकल्पित सुनियोजित ढंगबाट बदनाम गर्न खेलिरहेको खेल हो। यो बिषयमा पार्टी ,जन नागरिक र मेरा लाखौंलाख शुभेच्छुक र मतदातालाई भ्रम नपर्न यसै विज्ञप्तिद्वारा अपिल र अनुरोध गर्न चहान्छु।
मलाई बदनाम गर्न खेलिरहेका खेल के के हुन ?
१- म एउटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित व्यापारी हुँ। देशको अर्थतन्त्रमा ठुलो सेवा पुर्याएको नागरिक हुँ।
२- मैले नेपालबाट विधिवत रूपमा नेपाल सरकारको विधि, विधान नीति नियम बमोजिम सिफारिस , प्रमाणित तथ्य सबै प्रकृयाबाट सरकार कै नियम बमोजिम नागरिकता लिएको हु।
३- मेरो नागरिकता देशको संविधान कानुन बमोजिम पाएको हु र म नेपाली नागरिक भएको दर्जनौं मिडियामा स्पष्टीकरण दिएको छु।
४- प्रसंग स्पष्ट छ, मैले बालपन, कलेज समेतको संदर्भमा ठाकुर राम क्याम्पसमा अध्यायन गरेको वीरगन्जमा बालक कालमा गुच्छा खेलेको यावत बिषय हुदा र मेरा हजुर बुबा पुर्खा सर्लाहीमा बसेका सबै प्रमाण भएर न मैले नागरिकता पाए , सरकारले दियो यसमा तिललाई पहाड बनाएर यो नाटक किन रचे।
५- वीरगन्ज कै एउटा पत्रकार जसको सालो मेरो काठमाडौको कम्पनीको सेल्समेनको रूपमा काममा नियुक्ति गरेको थिए तर उसले मेरो कम्पनीको करोडौं रकम हिनामिना गरेर हाल फरार भएकोपनि १ बर्ष हुन लाग्यो र हाल ती पत्रकारको संरक्षणमा छ। त्यो रकम मिनाह गर्न यो षड्यन्त्र र बदनाम गर्न खेलिएको खेल हो।
६- म चुनाव छु। यसै बिषयलाई लिएर बदनाम गर्न खोजिएको छ। यश विषयमा कोही कुनै भ्रममा नपर्न सबैमा जानकारी गराउन चाहन्छू ।
७- यस्ता कतिपय ठगी धन्दा संचालन गरेर सम्मानित पत्रकार जगत समेतलाई बदनाम गर्ने एकाद दुई गरोहिंसंग सतर्कता अपनाउन सबै जनमा अपिल गर्दछु।
पर्सा पत्रकार महासंघमा यश विषयमा निवेदन दर्ता गराएकोमा आवश्यक कार्यार्थ अनुरोध साथ गंभीर ध्यानाकर्षण गराउन चाहन्छू।
नरेश कुमार साह
प्रतिनिधि सभा सदस्य उमेदवार
निर्वाचन क्षेत्र नं.२ पर्सा
राष्ट्रिय प्रजातन्त्र पार्टी।।
सम्पर्क नं. ९८५५०२३२२८.