कृषि औजार संचालन हूने आशमा विरगंजका सचेत यूवा गरे श्रमदान
-
रामाशंकर साह
- today१९ कार्तिक २०७९
अग्निपथ मिडिया,
विरगंज,१९ शनिबार । वर्षौदेखि अलपत्र परेको कृषि औजार कारखाना संचालन हूने आश देखिएको छ । राष्टि«य अविष्कार केन्द्रका महाविर पूनको अग्रसरतामा विरगंजका सचेत यूवाहरुले विगत चारदिन देखि कारखाना भित्र र बाहिरसरसफाई गर्दै आइरहेका छन् । कृषि औजार कारखाना संचालनमा आउने कूरा थाहा भएपछि श्रमदान गर्न यूवाहरुको जमात पूगेको छ । विरगंजमा विभिन्न सामाजिक काममा अग्रसर रहने क्लबहरु अपन राधेमाई यूवा क्लब, हन्ड«ेडस गू्रप, एम एस धोनी फयान क्लब एलाइड यूथ सोसाइटी, बौधीमाई पिप्रा क्लब, यूवा बचन क्लब, परिवर्तन नेपाल फाउडेसन, समृद्ध नेपालका १०० जना यूवाले आज चौथो दिन शनिबार विहान सरसफाईका साथै विग्रेका मेशिनहरुलाई बनाउन मिल्ने हिसाबले बाहिर राखेका छन् ।
स्थानीय सामाजसेवी राजन श्रीवास्तवका अनूसार सबै यूवाहरु विभिन्न सामाजिक क्रियाकलापमा आबद्ध रहेको र यूवाहरुले आज चौथो दिन सरसफाइ गर्न श्रम दान गरेका छन् । उत्साहित यूवाहरुले कारखाना संचालनमा मदत पूरयाउने र यहाका यूवाहरुलाई रोजगार श्रृजना हूने उदेश्य रहेको उनले बताए ।
श्रीवास्तव विरगंजका यूवाहरुका लागि प्रेरणाका श्रोत पनि हून् । निःस्वार्थ भावनाले यि यूवाहरु सधै सामाजमा रहेका कूरुति विरुद्ध आवाज उठाउदै र असहायलाई सहायता गर्दै आइरहेका छन् । चूनावका बेला रोजगारका कूरा गर्ने नेताहरु अहिले पनि कृषि औजार कारखाना नपूगेकोमा दूःख व्यक्त गरे । स्थानीय प्रहरी, सचेत यूवा, भद्रभलादमीको सहभागिता रहेको थियो ।