उपचारकाे क्रममा गरुडाका साहको मृत्यृ
-
अग्निपथ सम्बादाता
- today१८ कार्तिक २०७९
अग्निपथ मिडिया
राैतहट,१९ कार्तिक। गरुडा नगरपालिका वडा ९ सिसवा धमौरा निवासी छविलाल साह उपचारकाे क्रममा मृत्यु भएको छ । वयाेधा अस्पतालकाे सघन कक्षमा उपचारको क्रममा शुक्रबार राति करिब ८:४५ बजे मृत्युु भएको हाे ।
अशाेज २६ गते बुधबार विहान ८ बजे सो घटमाथी ज्यान मार्ने उदेश्यले गाऊँकै केहि व्यक्तिले फलामको रड र घरेलु हतियारबाट आक्रमन गरि गम्भीर घाइते बनाएका थिए ।५२ बर्षिय साहकाे साेहि दिन देखि बयोधा होस्पितल बिरगंजमा उपचार भई रहेको थियो । लामो समय सम्म अचेत अवस्थामा उपचार भई रहेको थियो । जिल्ला प्रहरी कार्यलय का प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरको निदेशनमा धटनामा संलग्न व्यक्तिहरु उपर ईलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता भएको थियो । सो घटनाको जाहेरी दर्ता भए लगत्तै आरोपी संलग्न दोषिलाई पक्राउ गर्न प्रहरी प्रयासरत रहेका छन । आरोपी मध्येका विसुनदयाल यादवलाई प्रहरी नियन्त्रणमा लिन सफल भएको र बाकीको खाेजी तथा घटना बारे थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।