नरेश साह कानूलाई जिताउन मतदाता वचनबध हूदै
-
अग्निपथ सम्बादाता
- today१८ कार्तिक २०७९
अग्निपथ मिडिया
पर्सा,१९ कार्तिक । पर्सा क्षेत्र नम्बर २ मा राष्टि«य प्रजातन्त्र पार्टीलाई समर्थन गर्दै मतदताहरु आफै चुनावी प्रचार प्रसारमा उत्रिएका छन् । शनिबार बिहान चुनावी घरदैलोका क्रममा पर्साको पर्सागढी नगरपालिका वडा नम्बर ५ झिगनामा प्रतिनिधीसभा सदस्य उम्मेदवार नरेश साह कानू पुगेका थिए ।
गाँउमा मत माग्न आएका राप्रपाका उम्मेदवारहरुलाई स्थानीय मतदाताहरुले अबीरको टिका र फुलमाला लगाएर जितको आशीर्वाद दिए । त्यसपछि घरदैलोका क्रममा मतदाताहरु पनि दुवै उम्मेदवारको पक्षमा नारा लगाउदै गाँउ परिक्रमा गरेका थिए । उम्मेदवार कानू , जनताको माझमा रहेर समाज सेवा गर्ने नेता भएको तथा दुखसुखमा साथ दिदै आएकाहरु भएकाले यसपालि आफुहरु राप्रपाको पक्षमा लागेको मतदाताहरुको भनाइ थियो ।
त्यसक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार कानूले मतदाताहरुबाट पाइरहेको स्वागत र आशीर्वादले नै आफुहरुको जित सुनिश्चित भएको प्रतिक्रिया दिए । आफु समाजसेवा मार्फत जनताको सेवामा समर्पित रहदै आएको स्मरण गराउदै कानूले भने ,‘ जनताले सामाजसेवीलाई चुन्छन् , न कि तस्कर , वनमाफिया र अपराधीलाई ।
अहिले चुनावका बेला राजनीतिक चरित्र नै नभएकाहरु जनतालाई प्रलोभन दिदै हिडे पनि सचेत भइसकेका जनताले उनिहरुलाई ब्यालेट मार्फत बहिष्कार गर्नेमा आफु ढुक्क रहेको पनि कानूले बताए । कानूले राष्टि«य प्रजातन्त्र पार्टीले जिते मात्रै हिन्दू राष्ट« र श्रीपेचकोसहितको राजा र संघीयता खारेज हूने भएकाले यसलाई ख्याल राखेर मत दिन मतदाताहरुसंग आग्रह पनि गरे ।
चुनावी घरदैलो कार्यक्रममा नै सयौ यूवा, बूद्धिजिवी पार्टी प्रवेश समेत गरेका थिए ।