राप्रपाले जिते हिन्दु राष्ट्र घोषणा र संघीयता खारेज : राप्रपा उम्मेदवार साह
-
अग्निपथ सम्बादाता
- today१८ कार्तिक २०७९
अग्निपथ मिडिया
पर्सा, १९ कार्तिक । पर्सा क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधीसभा सदस्य उम्मेदवार नरेश कुमार साहले मतदातसंगको भेटघाटलाई तिब्र पार्दै हिन्दु राष्ट्र र राजसंस्थाको पक्षधर राप्रपालाई मतदान गर्न आग्रह गरेका छन् ।
शूक्रबार अपरान्ह पर्सागढी नगरपालिका वडा नम्बर ५ मा चुनावी घरदैलो गर्दै साहले जबरजस्ति लादिएको धर्मनिरपेक्षता , संघीयता र गणतन्त्रका कारण नै मुलुक अहिलेको दुर्दशामा पुगेकाले यी तीन वटै खारेज हुनु पर्ने माग राप्रपाको रहेको बताए ।हिन्दु राष्ट्र र राजतन्त्रको स्थापनाका साथै संघीयताको खारेजी नै राप्रपाको मुख्य एजेण्डा भएकाले राप्रपा प्रति देशभर नै जनलहर बढ्दै गएको उनले जिकिर गरे ।
राप्रपालाइ अत्याधिक मत दिएर विजयी बनाउन मतदातालाई आग्रह गर्दै साहले राप्रपाले जिते पहिलो काम नै हिन्दु राष्ट्रको स्थापना र संघीयता खारेज गर्ने बताए ।चुनावी घरदैलो कार्यक्रममा राप्रपाका युवा नेताहरु प्रशान्त दुबे , विराज यादवका साथै स्थानीय अगुवाहरु पनि सहभागी थिए ।