ध्रुब अधिकारीको संयोजकत्वमा गठीत १३ सदस्यीय समितिले शुक्रवार पूर्णता पाए
-
अग्निपथ सम्बादाता
- today१८ कार्तिक २०७९
अग्निपथ मिडिया
पर्सा, १९ कार्तिक । सञ्चार माध्यमको प्रवद्र्धन तथा नियमनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा गठीत समितिले पूर्णता पाएको छ । रेडियो नेपालका वीरगञ्ज ब्युरो प्रमुख एवम् रेडियो वीरगञ्जका समाचार प्रमुख ध्रुब अधिकारीको संयोजकत्वमा गठीत १३ सदस्यीय समितिले शुक्रवार पूर्णता पाएको हो ।
वीरगञ्जबाट सञ्चलित, प्रसारित एवम् प्रकाशित सञ्चार माध्यमहरुको प्रबद्र्धनका लागि महानगरपालिकाले आम सञ्चार माध्यम प्रवद्र्धन तथा नियमन समितिका सदस्यहरु मनोनयन गरेको हो । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, द हिमालयन टाइम्स पर्सा जिल्ला संवाददाता एवम् यात्रा डेली मिडिया प्रा.ली.का प्रबन्ध निर्देशक राम सर्राफसहित १३ जनालाई मनोयन गरिएको हो ।
समितिको सदस्यहरुमा रामनारायण कुर्मी, मनोज पटेल, बृजलाल पासवान, आविद हुसैन, अमित अग्रवाल, माधुरी महतो, मुस्कान श्रेष्ठ, अमित साह र विरेन्द्र साह (हिटलर) रहेका छन् । सदस्य सचिवको रुपमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत शम्भु प्रसाद रहेका छन् ।
आम सञ्चार सम्बन्धि ऐन २०७८ को दफा ५ को उपदफा १ (ख) बमोजिम ४ वर्षसम्म्का लागि समितिका पदाधिकारी र सदस्यहरु मनोनयन गरिएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए । मनोनित भएका संयोजक एवम् सदस्यहरुलाई वीरगञ्जको पत्रकारिता क्षेत्रको विकास र प्रवद्र्धनका लागि कुनै कसर बाँकी नराखेर काम गर्न पनि सिंहले आग्रह गरेका छन् ।