गूप्तातिर जनताको आकर्षण बढदै , कांग्रेस छाडेर २०० जनाले गरे एमालेमा प्रवेश
-
अग्निपथ सम्बादाता
- today१७ कार्तिक २०७९
वीरगन्ज १७ कार्तिक । पर्साको बिन्दबासिनी गाउँपालिकामा आज एक कार्यक्रम बीच नेपाली कांग्रेस पार्टी परित्याग गरी दुई सय जनाले नेकपा एमालेमा प्रवेश गरेका छन् ।
बिन्दबासिनी गाउँपालिकाको वडा नं ३ को टोल सानो इतियाहिमा आयोजित एक कार्यक्रममा नेपाली कांग्रेस पर्साका प्रभावशाली नेता जंगबहादुर साह र भग्वान साह गोढको नेतृत्वमा २०० जनाले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका छन् ।
नव प्रबेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य एवं पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले खाँदा र टीका लगाएर पार्टीमा स्वागत गरेका छन् । नेपाली कांग्रेस पार्टी परिवारबाद हावी हुँदै गएको र पार्टीमा कुनै योगदान नहुनेहरुको हाली मुहाली बढेको कारण आफूहरु पार्टी परित्याग गरेको उनीहरूको भनाइ रहेको थियो ।
उक्त कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल पर्सा जिल्ला अध्यक्ष मोहमद निजाम , जिल्ला कमिटी सदस्य हानिफ अंसारी , गम्भीरा साह , पकाहामैनपुर गाउपालिका कमिटी उपाध्यक्ष कृष्ण कुशवाहा , नेता बबलू गुप्ता लगायतको उपस्थिति रहेको थियो।