उप-राष्ट्रपतिले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा
-
बिरेन्द्र यादब
- today२५ कार्तिक २०८०
२५ कार्तिक // अग्निपथ मिडिया
सम्माननीय उप(राष्ट्रपति श्री रामसहाय प्रसाद यादव ज्यूले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुको सहयोगार्थ एक महिनाको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
त्यस्तै, उहाँको स्वकीय सचिवालयमा कार्यरत विज्ञ ९सल्लाहकार० हरुबाट १५ दिन, प्रमुख स्वकीय सचिव र सहायक स्वकीय सचिव वा सो सरहको कर्मचारीहरुबाट सात दिन, स्वकीय उपसचिव र अधिकृत वा सो सरहको कर्मचारीबाट पाँच दिन र राजपत्र अनंकित वा सो सरहको कर्मचारीबाट तीन दिनको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको छ ।