मिठाई पसलका दाजुभाइृले बनाए ८ केजीको समोसा,जसले ३० मिनेटमा खान्छ उसलाई ५१ हजार पुरस्कार दिने घोषणा
-
अग्निपथ सम्बादाता
- today१७ कार्तिक २०७९
काठमाडौं १७ कार्तिक। तपाई हामीले देखेको समोसाको तौल कति हुन्छ रु १ सय ग्राम या बढीमा २ सय ग्राम रु तर भारतको उत्तर प्रदेशको कौशल मिठाई पसलमा ८ केजीको ‘बाहुबली’ समोसा फेला परेको छ । जसको मूल्य मूल्य ११ सय रुपैयाँ राखिएको पसलेले बताए ।
यो भाइरल समोसा मिठाई पसल चलाउने दुई दाजु शुभम र उज्वलले बनाएका हुन् । र अहिले उनीहरु ८ किलोको समोसाभन्दा माथि गएर १० किलोको समोसा बनाउने तयारीमा छन् । सन् १९६४ देखि मिठाईको पसल चलाउँदै आएको यो पसलको संचालकले सुरुमा ४ किलोको समोसा तयार पारे । उनको प्रयोगको निकै प्रशंसा भयो ।
त्यसपछि उनले ८ किलो समोसा बनाउने निर्णय गरे र जुलाइ महिनामा यति ठूलो समोसा तयार गरे जसको भिडियो अहिले भाइरल भइरहेको छ । ग्राहकले पनि ८ केजी समोसा मन पराए र अब १० किलो समोसा बनाउने तयारीमा छन् । उनीहरुलाई ८ केजीको समोसा तयार गर्न ३ घण्टा बढी समय लाग्ने गरेको बताइएको छ ।
साधारण काम नभएकाले यसका ३ जना दक्ष कारीगरलाई रोजगारी दिइएको बताइएको छ । यो समोसा जसले ३० मिनेटमा खान्छ, उसलाई ५१ हजार रुपैयाँ पुरस्कार पनि राखीएको छ । अहिले यो बाहुबली समोसा अर्डरमा तयार पार्ने गरेको उनी बताउँछन् ।