सावधान ! के तपाई NTC को recharge कार्ड किन्दैहुनुहुन्छ ?
-
मो.सगिर अलि
- today२४ श्रावण २०८०
साउन २४,नेपाल
टेलिकमले आफ्नो ग्राहकलाई एक सूचना जारी गर्दै सावधानी अपनाउन आग्रह गरेको छ l टेलिकमको अनुसार रु ५० को १९,९९९ वटा ९ लाख ९९ हजार ९ सय ५० रुपैया बराबरको रिचार्ज कार्ड ढुवानीको क्रममा हराएको जनाएको छ ।
सि.नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका “नमस्ते" ब्रान्डको रिचार्ज कार्ड हराएको छ । उक्त सिरियल नम्बरका कार्डहरु कम्पनीको सिस्टममा Activate नभएको जानकारी समेत गराएको छ। उक्त रिचार्ज कार्डहरु पाइएमा खरिद तथा बिक्री वितरण नगर्न तथा नगराउनु हुन सम्पूर्ण ग्राहक तथा वितरकहरूसँग अनुरोध गरेको छ । यदि कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिनु हुन समेत अनुरोध गरेको छ ।