११ कार्तिक २०८३, मंगलबार / 27 October 2026, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऐश्वर्या रायले छोडेका फिल्मबाट रातारात चम्कियो यी नायिकाहरुको भाग्य

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२९ मंसिर २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad
    Ad

     बिरगंज , २९ मङ्सिर l  १ नोभेम्बर १९७३ मा कर्णाटकमा जन्मिएकी ऐश्वर्या पछिल्लो समय फिल्म अभिनयमा त्यति सक्रिय भने छैनन् ।मोडलिङबाट करिअर सुरु गरेकी उनलाई त्यतिबेलादेखि नै फिल्म खेल्ने अफर आएको हो । सन् १९९४ मा मिस वल्र्डको शीर्ष उपाधि जितेपछि त उनलाई फिल्मको ओइरो नै लाग्न थाल्यो । थुप्रै टिभी एडमा अभिनय गरेकी उनले सन् १९९७ मा मणिरत्नम्को तमिल फिल्म ‘इरुवर’ बाट डेब्यु गरिन् । सोही वर्ष उनले पहिलो हिन्दी फिल्म ‘और प्यार हो गया’ मा अभिनय गरिन् । त्यसपछि धेरै बर्ष उनले पछाडि फर्केर हेर्नुपरेन । उनले थुप्रै हिट फिल्म दिइन् । बिहेपछि भने उनको अभिनय यात्रा अलि धिमा हुन गएको हो ।

    Ad
    Ad
    Ad

    ऐश्वर्याले केही यस्ता फिल्म अस्वीकार गरेकी छिन्, जुन सुपरहिट भएका थिए । बलिउडका साथै हलिउड फिल्ममा समेत अभिनय गरेकी ऐश्वर्या एक समय निर्माता, निर्देशकको पहिलो रोजाइमा पर्थिन् । सुरुमा उनलाई अफर गरिएको तर उनले ‘रिजेक्ट’ गरेका कतिपय फिल्म सुपरहिट भएका छन् । ऐश्वर्याले छोडेका, तर सुपरहिट भएका केही फिल्म यस्ता छन् :

    Ad

    राजा हिन्दुस्तानी

    आमिर खान र करिश्मा कपुर अभिनित ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर फिल्म हो । धर्मेश दर्शन निर्देशित यो फिल्म मिस वल्र्ड हुनुअघि नै ऐश्वर्यालाई अफर गरिएको थियो । तर उनले ‘रिजेक्ट’ गरिन् । त्यसपछि मात्रै यो फिल्ममा करिश्मालाई लिइएको थियो । आमिर र करिश्माको करिअरमा यो फिल्मले उथलपुथल नै ल्याइदिएको थियो । केही वर्षअघि फेमिनालाई दिएको एउटा अन्तर्वार्तामा ऐश्वर्याले आफू मोडलिङमा सक्रिय हुँदा नै निर्देशक धर्मेशले ‘राजा हिन्दुस्तानी’ बाट अफर गरेको, तर आफूले ‘रिजेक्ट’ गरेको बताएकी थिइन् । उनले आफूलाई निर्देशक मणिरत्नमका फिल्म मन पर्ने भएकाले उनकै निर्देशनको ‘इरुवर’ बाट डेब्यु गरेको खुलासा गरेकी थिइन् । ऐश्वर्याको डेब्यु ‘इरुवर’ ले औसत व्यापार गरेको थियो भने उनले छाडेको ‘राजा हिन्दुस्तानी’ ब्लकबस्टर भएको थियो । यो कुरामा चाहिँ आफूलाई पछुतो लागेको उनले बताउने गरेकी छन् ।

    कुछ कुछ होता है

    अर्काे ब्लकबस्टर फिल्म हो, कुछ कुछ होता है । यो फिल्मको अभिनेत्रीका लागि सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर यो फिल्म पनि उनले अस्वीकार गरिन् । सन् १९९९ मा ऐश्वर्याले फिल्म फेयरलाई दिएको अन्तर्वार्तामा आफूलाई ‘कुछ कुछ होता है’ मा रानी मुखर्जीले निर्वाह गरेको भूमिकाका लागि अफर गरिएको बताएकी थिइन् । त्यतिबेला आफू जुनियर भए पनि सबैले सिनियर कलाकारसँग तुलना गर्ने गरेकाले आफूमा धेरै चुनौती रहेको उनले बताएकी थिइन् । ‘यदि मैले यो फिल्ममा अभिनय गरेको भए मान्छेहरुले ऐश्वर्याले मोडलिङमा जे गरि, अर्थात् मिनीस्कर्ट लगाएर ग्ल्यामर पस्की, फिल्ममा पनि त्यही गरिराछे भनेर मजाक उडाउने थिए’, उनले भनेकी छन् ।

    दिल तो पागल है

    यो पनि ऐश्वर्याले छाडेको फिल्म हो । यो फिल्म पनि ब्लकबस्टर भएको थियो । निर्देशक यश चोपडाले ऐश्वर्यालाई ‘मैने तो मोहब्बत कर ली’ बाट डेब्यु गराउन चाहन्थे । तर ऐश्वर्याले अफर अस्वीकार गरिन् । पछि नाम परिवर्तन गरेर ‘दिल तो पागल है’ राखियो । ऐश्वर्याले नमानेपछि फिल्ममा शाहरुख खान र अक्षय कुमारका साथमा माधुरी दीक्षित र करिश्मा कपुरले अभिनय गरे । फिल्म ब्लकबस्टर भयो । ऐश्वर्याले त्यतिबेला यो फिल्म बिना कुनै खास कारण अस्वीकार गरेको बताएकी थिइन् ।

    मुन्ना भाइ एमबिबिएस

    सञ्जय दत्तलाई मुन्ना भाइ बनाउने ‘मुन्ना भाइ एमबिबिएस’ को अभिनेत्रीमा पहिला ऐश्वर्यालाई अफर गरिएको थियो । राजकुमार हिरानी निर्देशित यो ब्लकबस्टर फिल्म पनि ऐश्वर्याले खेल्न मानिनन् । त्यसपछि यो फिल्म ग्रेसी सिंहको भागमा पर्यो । फिल्म ब्लकबस्टर भयो । ग्रेसीले पनि निकै तारिफ पाइन् । यो फिल्म छोड्नाले फेरि ऐश्वर्या पछुताउनु प¥यो ।

    वीर-जारा

    ऐश्वर्याले अनुबन्धित भएर पनि छाडेको अर्काे ब्लकबस्टर फिल्म हो, ‘वीर–जारा’ । फिल्ममा शाहरुख खानले वीरको भूमिका निर्वाह गरेका छन् भने ऐश्वर्यालाई जाराको भूमिकाका लागि अफर गरिएको थियो । पछि, उनले रानी मुखर्जीले निर्वाह गरेको वकिलको भूमिकामा साइन गरेकोसमेत चर्चा थियो । तर, विविध कारण देखाउँदै यो फिल्म पनि ऐश्वर्याले छाडेकी थिइन् ।

    दोस्ताना

    करण जोहरको ‘दोस्ताना’ को अभिनेत्रीमा सुरुमा ऐश्वर्यालाई प्रस्ताव गरिएको थियो । त्यतिबेला उनी निकै व्यस्त थिइन् । त्यसकारण उनले यो फिल्म खेल्न सकिनन् । ऐश्वर्याले नभ्याएपछि करणले सो भूमिकामा प्रियंका चोपडालाई लिएका थिए । ‘दोस्ताना’ पनि हिट फिल्ममा पर्छ । पछि, करणले ‘ए दिल है मुस्किल’ फिल्ममा ऐश्वर्यालाई अभिनय गराएका थिए ।

    बाजीराव मस्तानी

    सञ्जयलीला भन्सालीको सुपरहिट फिल्म ‘बाजीराव मस्तानी’ सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । सञ्जयलीला यो फिल्म सलमान खान र ऐश्वर्यालाई लिएर बनाउन चाहन्थे । सलमान र ऐश्वर्याको ‘हम दिल दे चुके सनम’ सुपरहिट भएकाले सञ्जयलीला यो जोडीलाई ‘बाजीराज मस्तानी’ मा दोहोर्याउन चाहन्थे । तर, ऐश्वर्या र सलमानको ब्रेकअप भएकाले लामो समयसम्म फिल्म बन्न सकेन । पछि, रणवीर सिंह र दीपिका पादुकोणलाई लिएर फिल्म बन्यो ।

    भुलभुलैया

    प्रियदर्शन निर्देशित हिट फिल्म ‘भुलभुलैया’ मा मंजुलीकाको भूमिकाका लागि सुरुमा ऐश्वर्यालाई अफर गरिएको थियो । तर, ऐश्वर्याले सो भूमिका निर्वाह गर्न अस्वीकार गरिन् । त्यसपछि विद्या बालनलाई अफर गएको थियो । अक्षय कुमार, विद्या बालन र राजपाल यादव अभिनित यो फिल्म पनि सुपरहिट भएको थियो ।

    ताजा सूचना

    • सुरक्षाकर्मीको घुमुवा भएको भन्दै रकम असुली गर्ने आरोपमा एक जना पक्राउ लालबाबु सिंह, असोज ९, पर्सा। सुरक्षाकर्मीको घुमुवा भएको भन्दै विभिन्न व्यक्तिलाई प्रभावमा पारी रकम असुली गर्ने तथा बिचौलियाको काम गर्ने आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–५ निवासी ५१ वर्षीय अशोककुमार बर्मा रहेका छन्। प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बर्मालाई २०८३ कात्तिक ६ गते वीरगञ्ज महानगरपालिका–५ बाट पक्राउ गरेको हो। प्रहरीका अनुसार बर्माले आफू नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालको घुमुवा भएको र सुरक्षाकर्मीसँग आफ्नो राम्रो चिनजान रहेको भन्दै विभिन्न व्यक्तिलाई विश्वासमा पार्ने गरेका थिए। उनले भन्सार छली तथा चोरी–तस्करीका सामान सहजै सेटिङ मिलाएर पास गराइदिने र रकम नदिने व्यक्तिको सामानसमेत नियन्त्रणमा लिन लगाइदिने भन्दै रकम असुली गर्ने गरेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। त्यसैगरी, बर्माले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट रकम लिएको भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेका बर्मामाथि कानुनबमोजिम म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
    • कलैयाबाट प्रतिबन्धित लागूऔषधका १ हजार ४९५ पिस इन्जेक्सन बरामद
    • प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएल सिजन–३ को उद्घाटन
    • सिमराका घुमुवा प्रहरी यादवमाथि तस्करीको रकम असुली गरेको आरोप, आठ महिनादेखि काजमा रहेको दाबी दरबन्दी सप्तरी जिल्ला प्रशासन कार्यालयको प्रमुख निवास सुरक्षा गार्डमा, सिमरामा सादा पोसाकमा परिचालन भएको विषयमा प्रश्न
    • कुल आचार्य र उत्तम नेपालद्वारा सरकारलाई डीएनए किट र एक करोड सहयोग
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.