इन्द्र जात्राका लागि बेष्ट फाइनान्सले दियो १०० थान टिसर्ट
-
अग्निपथ सम्बादाता
- today१९ भदौ २०७९
काठमाडौको कमलादीमा केन्द्रीय कार्यालय रहेको बेष्ट फाइनान्स कम्पनीले आउँदै गरेको इन्द्र जात्राका लागि ५० हजार मूल्य बराबरको १०० थान टिसर्ट प्रदान गरेको छ ।
बेष्ट फाइनान्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत फाइनान्सको लोगो अंकित उक्त टिर्सटहरु सहयोग गरेको हो । आइतबार एक कार्यक्रमका बीच बेष्ट फाइनान्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले मचा सास्किृतिक पुचः मरुध्वाका १९ काठमाण्डौंका अध्यक्ष अनिता महर्जनलाई सो सामाग्री प्रदान गरेका थिए ।