३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • ऊर्जामन्त्री खड्का र भारतीय समकक्षी खट्टरद्वारा अरुण तेस्रो आयोजनाको अवलोकन, द्विपक्षीय ऊर्जा सहकार्यमा जोड

    • राजु कुशवाहा राजु कुशवाहा
    • today९ बैशाख २०८२

    काठमाडौँ, वैशाख ९ – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणमा नेपाल आएका भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टरले संखुवासभास्थित अरुण तेस्रो जलविद्युत् आयोजनाको स्थलगत अवलोकन गरेका छन्। दुबै मन्त्रीले आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत निरीक्षण गर्दै निर्माणको प्रगतिबारे ठेकेदार कम्पनीसँग जानकारी लिएका थिए।

    Ad
    Ad
    Ad

    सो अवसरमा आयोजना अन्तर्गतको 'युनिट–२'को संयुक्त रुपमा उद्घाटन गर्नुका साथै पावर हाउस नजिक वृक्षरोपण पनि गरेका थिए । उर्जामन्त्री खड्काले नेपालका लागि अरुण तेस्रो आयोजना विशेष प्राथमिकतामा रहेको भन्दै निर्माण कार्यलाई समयमै सम्पन्न गर्न निर्देशन दिएका थिए। “सरकारले आयोजनामा कुनै किसिमको कमी हुन दिने छैन, समयमै सम्पन्न गर्न लाग्नुहोस्,” उनले ठेकेदार कम्पनीलाई निर्देशन दिए। भारतीय मन्त्री खट्टरले नेपालमा जलविद्युत विकासको अपार सम्भावना रहेको भन्दै दुबै देशले यस क्षेत्रबाट प्रत्यक्ष लाभ लिन सक्ने बताए। “अरुण तेस्रो समयमै सम्पन्न गर्न सके, यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई थप सुदृढ बनाउनेछ,” उनले भने। अरुण नदीमा निर्माणाधीन ९०० मेगावाट क्षमताको यो आयोजना मकालु र चिचिला गाउँपालिकाको सीमामा पर्दछ। आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाखमा नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गरेका थिए।

    Ad
    Ad
    Ad

    रु एक खर्ब चार अर्ब लागतको आयोजना भारतीय सरकारी कम्पनी सतलज हाईड्रोपावरले निर्माण गरिरहेको हो। निर्माण कार्य पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ। मन्त्री खट्टर भ्रमणका क्रममा आज साँझ काठमाडौँमा लम्की–बरेली र इनरुवा–पूर्णिया अन्तरदेशीय प्रसारण लाइन निर्माणसम्बन्धी सम्झौता कार्यक्रममा समेत सहभागी हुनेछन्। नेपाल–भारत संयुक्त लगानीमा निर्माण हुने यी प्रसारण संरचनाले दुवै देशको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। भोली बुधवार भारतीय मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथ मन्दिर र पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री तथा अन्य उच्च अधिकारीहरूसँग शिष्टाचार भेटघाट गर्नेछन्। भ्रमण पश्चात उनी बुधबार साँझ स्वदेश फर्किने कार्यक्रम छ।

    Ad
    Ad
    Ad
    Ad

    यस अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागत ऊर्जा सचिव सुरेश आचार्यले गरेका थिए। त्यसलगत्तै ऊर्जामन्त्री खड्काले त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको विशिष्ट कक्षमा स्वागत गर्दै संखुवासभा प्रस्थान गरेका थिए ।

    ताजा सूचना

    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.