३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • डलर महँगिएपछि एकै महिना २९ अर्बले बढ्यो सरकारले लिएको ऋण लागत

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today५ चैत्र २०८१

    गत असार अन्त्ययता प्रतिडलरको मूल्य पाँच रूपैयाँ ७८ पैसाले बढेको छ। असार अन्त्यमा एक डलर किन्न १ सय ३४ रूपैयाँ ०६ पैसा तिरिरहेका नेपालीहरूले पुसअन्त्यमा १ सय ३९ रूपैयाँ ८४ पैसा तिर्नुपर्ने अवस्था आयो। भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि कमजोर भएको हो। किनभने नेपाली मुद्राको विनिमय दर सोझै डलरसँग तोकिएको छैन। डलरको तुलनामा भारतीय मुद्रा बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ भने कमजोर हुँदा कमजोर।  नेपाली मुद्रा कमजोर हुँदा विभिन्न क्षेत्रमा प्रभाव पर्छ। डलरमा आयात हुने वस्तुहरूको मूल्य बढ्छ। यसले नेपालमा पनि मूल्य वृद्धि बढ्ने सम्भावना हुन्छ।

    Ad
    Ad
    Ad

     

    त्यति मात्रै होइन सरकारले लिएको अन्तर्राष्ट्रिय ऋणको भार समेत बढ्छ। हालै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले प्रकाशित गरेको फागुनसम्मको तथ्यांकले एकै महिना यस्तो भार २९ अर्ब ७० करोड रूपैयाँ थपिएको देखाएको छ।  गत माघसम्ममा विदेशी मुद्राको विनिमयको कारण ३६ अर्ब ५९ करोड रूपैयाँले भार बढेको देखाएकोमा फागुनसम्म आइपुग्दा यस्तो भार थप बढेर ६६ अर्ब २९ करोड रूपैयाँ पुगेको छ। माघसम्ममा सरकारको तिर्न बाँकी बाह्य ऋण दायित्व १३ खर्ब २८ अर्ब रूपैयाँ रहेको थियो। फागुनमा यस्तो तिर्न बाँकी बाह्य ऋण दायित्व १३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको हो।

    Ad
    Ad
    Ad

     

    सरकारले फागुनमा थप एक अर्ब ५४ करोड रूपैयाँ यस्तो बाह्य ऋण तिरेको थियो। साउनदेखि फागुनसम्ममा भने सरकारले कुल २६ अर्ब ७६ करोड यस्तो ऋण भुक्तानी गरेको छ। फागुनसम्ममा सरकारको लिएकोमध्ये २६ खर्ब ७६ अर्ब ऋण तिर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋण दायित्व १३ खर्ब १५ अर्ब र बाह्य ऋण १३ खर्ब ६० अर्ब रूपैयाँ छ। साउनको तुलनामा कुल ऋण करिब ४७ प्रतिशतले बढेको हो। त्यस्तै, आन्तरिक ऋण २३.०६ प्रतिशत र बाह्य ऋण २३.८५ प्रतिशतले बढेको हो।  नेपालको कुल ऋण दायित्व कुल गाहस्थ्य उत्पादन (जिडिपी) को आधारमा बढेर ४६.९१ प्रतिशत पुगेको हो। माघमा यस्तो दायित्व जिडिपीको आधारमा ४५.७७ प्रतिशत थियो।

    Ad
    Ad
    Ad
    Ad

     

    माघमा जिडिपीको तुलनामा आन्तरिक ऋण २२.४९ र बाह्य ऋण २३.२८ प्रतिशत थियो। फागुनमा जिडिपीको तुलनामा आन्तरिक ऋण २३.०६ र बाह्य ऋण २३.८५ प्रतिशत पुगेको हो। चालु आर्थिक वर्षमा सरकारले कुल पाँच खर्ब ४७ अर्ब ऋण उठाउने लक्ष्य लिएको छ। तीन खर्ब ३० अर्ब आन्तरिक र दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने सरकारको लक्ष्य हो। माघसम्ममा सरकारले कुल तीन खर्ब ३४ अर्ब रूपैयाँ ऋण प्राप्त गरेको छ। सरकारले आन्तरिक ऋण लक्ष्यको ८१.५६ प्रतिशत (दुई खर्ब ६९ करोड रूपैयाँ) उठाइसकेको छ। बैंकिङ क्षेत्रमा ब्याजदर सस्तिएपछि सरकारले फागुन एकै महिनामै ४० अर्ब रूपैयाँ आन्तरिक ऋण उठाएको थियो। 

    ताजा सूचना

    • साउन १ देखि वन्यजन्तु जोखिम बीमा लागू आक्रमणबाट क्षतिमा १० लाखसम्म सुविधा
    • विभिन्न जिल्लाबाट लागूऔषधसहित २५ जना पक्राउ ठूलो परिमाणमा लागूऔषध बरामद
    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.