३१ असार २०८३, बुधवार / 15 July 2026, Wednesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कुपोषणविरुद्ध सचेतना फैलाउन वीरगञ्जमा नर्सिङ विद्यार्थीहरूद्वारा “पोषण प्रदर्शनी”को आयोजना

    • अजय भोजपुरिया अजय भोजपुरिया
    • today१२ फाल्गुन २०८१

    वीरगञ्ज । वीरगञ्जस्थित एभरग्रीन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सले पोषण सम्बन्धी जनचेतना फैलाउन आयोजना गरेको एक दिने “पोषण प्रदर्शनी” सोमबार सम्पन्न भएको छ । पीसीएल नर्सिङ दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले सञ्चालन गरेको कार्यक्रमले पाँच वर्षमुनिका बालबालिकाको स्वास्थ्य सुधार र कुपोषण न्यूनीकरणमा केन्द्रित रहेको थियो । प्रदर्शनीले अभिभावक र समुदायमा सन्तुलित आहारको महत्त्वबारे जागरूकता फैलाउने लक्ष्य राखेको इन्स्टिच्युटले जनाएको छ । 

    Ad
    Ad
    Ad

     

    एभरग्रीन टेक्निकल इन्स्टिच्युट अफ हेल्थ एन्ड साइन्सकी नर्सिङ अधिकृत मोनिका जयसवालले अभिभावकहरूमा पोषण सम्बन्धी ज्ञानको कमीले बालबालिकामा कुपोषण, कम तौल र कमजोर रोग प्रतिरोधी क्षमता जस्ता समस्या देखिएको बताइन् ।  उनले प्रदर्शनीले यस्ता समस्याको समाधानमा सहयोग पुर्‍याउने र सही खानपानको ज्ञान प्रदान गरेर बालबालिकाको स्वस्थ विकास सुनिश्चित गर्ने उद्देश्य राखेको जानकारी दिइन् । “हामीले अभिभावकहरूलाई सिकाउन चाहेका छौँ कि सही पोषणले मात्र बच्चाहरूको शारीरिक र मानसिक वृद्धि सम्भव छ,” उनले थपिन् । ४० जना नर्सिङ विद्यार्थीहरू सहभागी रहेको प्रदर्शनीमा ६ महिनादेखि पाँच वर्षसम्म उमेर समूहका आधारमा विभिन्न स्टलहरू सञ्चालन गर्न जिम्मेवारी दिइएको थियो । शिशुका लागि तयार गरिएको स्टलबाट ६ महिनादेखि १ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि आमाको दूधको महत्त्व, पूरक आहार कहिलेदेखि सुरु गर्ने र घरमै बनाउन सकिने पौष्टिक खानाको बारेमा जानकारी प्रदान गरिएको थियो । 

    Ad
    Ad
    Ad

     


    त्यस्तै, टोडलर लागि तयार गरिएको स्टलबाट १ देखि ३ वर्ष उमेर समूहका बालबालिकाहरूका लागि प्रोटिन र कार्बोहाइड्रेटको सन्तुलन कायम गर्न दाल, गेडागुडी, हरियो सागसब्जी र फलफूल खुवाउन सुझाव दिइएको थियो । प्रि-स्कुलरको स्टलबाट ३ देखि ५ वर्ष उमेर समूहसम्मका बालबालिकाको लागि विद्यालय जाने उमेरमा खाजा र खानाको सही मात्रा, साथै भिटामिन र खनिजको आवश्यकताबारे जानकारी गराइएको थियो ।  विद्यार्थीहरूले अभिभावकहरूलाई चिल्लो र चिनीयुक्त जङ्क फुडको सट्टा माछा, अण्डा, चामल, रोटी, घिउ र सुन्तलाजस्ता पौष्टिक खानेकुरा दिन जोड दिएका थिए । साथै, एक दिनमा बालबालिकालाई कति प्रोटिन, कार्बोहाइड्रेट, बोसो र भिटामिन चाहिन्छ भन्ने पनि उदाहरणसहित बुझाएका थिए ।   प्रदर्शनीले सहभागी अभिभावकले ठूलो राहत र ज्ञान मिलेको बताएका छन् । एक जना अभिभावकले भने, “हामीले बच्चालाई बिस्कुट र चाउचाउ मात्र खुवाउँदा ठिक हुन्छ भन्ने सोच्थ्यौँ, तर अब सन्तुलित खाना कसरी दिने भन्ने सिक्यौँ ।”

    Ad
    Ad
    Ad
    Ad

     

    जयसवालले कार्यक्रमले कुपोषण न्यूनीकरण गर्नुका साथै बालबालिकाको रोग प्रतिरोधी क्षमता बढाउन र उनीहरूको समग्र विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिन् । उनले थपिन्, “हाम्रो लक्ष्य समुदायमा पोषणको महत्त्व स्थापित गर्नु हो, ताकि हरेक बच्चाले स्वस्थ जीवनको आधार पाओस् ।”  एभरग्रीन टेक्निकल इन्स्टिच्युटले प्रदर्शनीलाई भविष्यमा नियमित कार्यक्रमको रूपमा विस्तार गर्ने योजना बनाएको पनि उनले सुनाइन । जयसवालका अनुसार समुदाय स्तरमा यस्ता सचेतना अभियानलाई व्यापक बनाएर हरेक अभिभावकले आफ्ना बालबालिकालाई स्वस्थ राख्न सक्ने वातावरण बनाउने प्रयास गरिनेछ । “हामीले सुरु गरेको यो सानो कदमले दीर्घकालमा स्वस्थ पुस्ता निर्माणमा ठूलो योगदान दिनेछ,” उनले आशा व्यक्त गरिन् ।

    ताजा सूचना

    • सडक विस्तार र वर्षात्‌को समयमा २४सै घण्टा तयारी अवस्थामा रहन नगरप्रहरीलाई कार्यवाहक प्रमुख आलमको निर्देशन
    • गृहमन्त्री–मिटरब्याज पीडितबीच दोस्रो चरणको वार्ता सम्पन्न सहमति नभए भोलिदेखि काठमाडौँ मार्च
    • ५० हजार जरिवाना’ हल्ला मात्रै तिर्न नसक्नेलाई श्रमदानको व्यवस्था : मन्त्री लम्साल
    • गृहमन्त्री भेट्ने आशामा निजगढमै रोकिए मिटरब्याज पीडित न्याय मार्च स्थगित
    • ६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको उच्च जोखिम नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब  

    •  संचालक  :सन्जय कुशवाहा
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.