२६ असार २०८२, बिहिबार / 10 July 2025, Thursday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • बाग्मती प्रदेश सभा : सभामुखमा कांग्रेसका शिवराज अधिकारीले उम्मेदवारी दिँदै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२७ पुष २०७९

    अग्निपथ मिडिया - Agnipath media 

    Ad
    Ad

    मकवानपुर, २८ पुष  l  बाग्मती प्रदेश सभाकाे सभामुख पदका लागि नेपाली कांग्रेसले पनि उम्मेदवारी दिने भएकाे छ । सत्ता गठबन्धनको स्पष्ट बहुमत भए पनि कांग्रेसले सभामुखमा सांसद शिवराज अधिकारीकाे उम्मेदवारी दिने भएकाे हाे ।

    Ad
    Ad

    धादिङका अधिकारी समानुपातिकका तर्फबाट बाग्मती प्रदेश सभामा निर्वाचित हुनुभएकाे हाे। उहाँलाई सभामुखको उम्मेदवार बनाउने निर्णय भएको कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले जानकारी दिनुभयाे । बाग्मती प्रदेशका मुख्यमन्त्रीलाई ७० जना सांसदहरुले समर्थन गरेका थिए । एक सय १० जना सांसद रहेको यस प्रदेशमा सत्ता गठबन्धनका दलहरुको बहुमत रहेको छ । 

    Ad

    सत्ता साझेदार दलहरुको तर्फबाट भने राप्रपाका भुवन पाठक उम्मेदवार हुनुहुन्छ । बाग्मती प्रदेश सभा सचिवालयले सभामुख चुनावका आज बिहान साढे १० देखि २ बजेसम्मको समयसीमा तोकेको छ ।

    मनोनयन दर्ता सकिएपछि दिउँसो साढे दुई बजेदेखि साढे तीन बजेसम्मका लागि मनोनयन फिर्ता र दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयाे।

    उहाँका अनुसार, सभामुख चयनका लागि  शुक्रवार भाेलि बिहान ११ बजेका लागि चुनावकाे समय तोकिएको छ । बाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना, नेकपा एमालेका २७ जना, नेकपा माओवादी केन्द्रका २१ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३ जना, नेकपा एकीकृत समाजवादीका ७ जना, नेपाल मजदुर किसान पार्टीका ३ जना र हाम्रो नेपाली पार्टीका २ जना गरी १ सय १० जना प्रदेश सभाका सदस्यहरु रहेका छन् ।

    ताजा सूचना

    • 🔒 सरकारको खाता आज रातिदेखि एक साताका लागि बन्द, सबै खर्चमा रोक
    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.