४ बैशाख २०८३, शुक्रबार / 17 April 2026, Friday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिदै

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ पुष २०७९

    अग्निपथ मिडिया - agnipath media 

    Ad
    Ad
    Ad

     वीरगञ्ज, २६ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्।

    Ad
    Ad
    Ad

     

    आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् । ७ दलको समर्थनमा गत पुस १० गते प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

    Ad
    Ad
    Ad
    Ad

     

    प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार आज प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

    संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

    नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए।

    केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। आज विश्वासको मत लिँदा यो संख्यामा बढ्ने गरी सत्ता साझेदार दलहरूले पहल गरिरहेका छन्।

    यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै दललाई समर्थन गर्न आग्रह गरिरहेका छन् । नेपाली कांग्रेसले विश्वासको मत दिने नदिनेबारे निर्णय लिन आजै पदाधिकारी बैठक बोलाएको छ । एकीकृत समाजवादीले पनि यसबारे आजै बिहान निर्णय लिने तयारी गरेको छ ।

    प्रधानमन्त्री प्रचण्डले संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उनकै निवास धुम्बाराही पुगेर सोमबार साँझ भेटवार्ता गर्दै विश्वासको मत मागेका थिए। देउवाले पार्टीमा छलफल गरेर निर्णय दिने जवाफ दिएका छन्।

    प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि पटकपटक भेटवार्ता गरी विश्वासको मत मागेका छन्। एकीकृत समाजवादीले पनि आज सचिवालय बैठक गरेर विश्वासको मत दिने वा नदिने निर्णय गर्ने भएको छ।

    बागमतीलगायत प्रदेश सरकारमा एकीकृत समाजवादीले समर्थन गरिसकेको छ। २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ जना सांसद भए पुग्छ।

    प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत पाउने बताइरहेका छन्। विश्वासको मतको पक्षमा सिंगो संसद उभिने उनको भनाइ छ।

    ताजा सूचना

    • स्थानीय तह पुनर्संरचना सम्बन्धमा सरकारको राय/सुझाव आह्वान
    • कलैया–वीरगंज सडकखण्डमा ट्रकको आतंक, निर्दोष बाइक चालक राजकुमार यादव गम्भीर घाइते
    • दाइजो विरुद्ध उपसभामुख रुवि कुमारी ठाकुर को कडा सन्देश — अब दहेजमुक्त विवाहमै मात्र सहभागी हुने घोषणा!।
    • वीरगञ्जमा बैशाख ९ देखि १७ सम्म भव्य श्रीराम कथा आयोजना हुने
    • पर्साको धोबिनी गाउँपालिकालाई ५ वर्षमै समृद्ध बनाउने स्पष्ट योजना – सुदिल पटेलको दृष्टिकोण
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.