२४ असार २०८२, मंगलबार / 08 July 2025, Tuesday
Download
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
    • menu
  • होमपेज
  • समाचार
  • राजनीति
  • शिक्षा
  • खेलकुद
  • स्वास्थ्य
  • मनोरन्जन
  • बाल संसार
  • विचार
  • अन्य
  • कांग्रेसले आफूलाई विश्वासको मत दिने प्रचण्डको संकेत, त्यस्तो सम्भावना कति ?

    • अग्निपथ सम्बादाता अग्निपथ सम्बादाता
    • today२५ पुष २०७९

    अग्निपथ मिडिया - AGNIPATH MEDIA

    Ad
    Ad

    काठमाडौं,  २५ पुष । प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार पार्टी संसदीय दलमा आफूलाई कांग्रेसको समर्थन आउने सम्भावना रहेको बताएपछि नयाँ राजनीतिक सम्भावनाबारे विमर्श सुरु भएको छ ।

    Ad
    Ad

    प्रचण्डले यसबारे पार्टी बैठकमा विस्तृत त बताएनन्, तर उनले त्यो सम्भावनातर्फ संकेत गरे । ‘कांग्रेसलाई पनि मैले विश्वासको मत मागेको छु, त्यस पार्टीका नेताहरुबाट मैले आफूप्रति सकारात्मक रहेको पाएँ, नतिजा एकदमै राम्रो आउन पनि सक्छ,’ उनलाई उद्धृत गर्दै माओवादी केन्द्रका सांसदले बताए ।

    Ad

    हुन त यो बीचमा नेपाली कांग्रेसले अघिल्लो सत्तागठबन्धनलाई पुर्नजिवित गर्ने प्रयास नगरेको होइन । एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई विश्वासको मत दिएर गठबन्धनको आशा जिवित राख्ने कांग्रेसको संकेत छ ।

    माओवादी केन्द्रसँग दूरी नबढाउने उद्देश्य सहित कांग्रेसले विश्वासको मत दिने सम्भावनालाई कांग्रेसका नेताहरु नकार्दैनन् । वर्तमान सरकारमा कुनै पनि समय समस्या उत्पन्न हुने आकलनले कांग्रेसले नयाँ रणनीति तय गरेको छ । सत्ता सहकार्यका लागि माओवादी केन्द्र नै प्रमुख सारथि हुने निष्कर्षमा कांग्रेसका नेताहरु पुगेका छन् ।

    कांग्रेसले प्रचण्डलाई समर्थन गर्नुअघि केही पूर्व शर्तहरु भने चाहेको छ । कांग्रेसले हरसम्भव राष्ट्रपति आफ्नो दलबाट बनाउन खोजेको छ । त्यसका लागि प्रचण्डसँग विश्वास कांग्रेसले खोजेको छ । ‘राष्ट्रपति कांग्रेसबाट हुने अवस्था बने विश्वासको मत दिन्छौं ।’ कांग्रेसका शीर्ष तहका एक नेता भन्छन् ।

    कांग्रेसलाई वास्तविक भय प्रचण्डसँग होइन, एमालेसँग छ । राष्ट्रपति र सभामुख दुबै पद एमालेको पोल्टामा जाँदा राज्यसंरचनामा एमाले हाबी हुन सक्ने कांग्रेसका नेताहरुको बुझाई छ । २०७४ पछि एमालेले राष्ट्रपतिको पदलाई आफू अनुकुल प्रशस्तै उपयोग गर्न सकेको कांग्रेसको निष्कर्ष छ ।

    ‘राष्ट्रपतिको आडमा ओलीबाट २-२ पटक संसद विघटनको काम भयो । फेरि पनि एमालेबाट राष्ट्रपति हुँदा संविधानमाथि प्रहार नहुने के ग्यारेन्टी छ?’ संस्थापन पक्षका नेता भन्छन् ।

    हालको आलोपालो सहमति अन्तर्गत अढाई वर्षमा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्छन् । त्यसपछि मूख्य संवैधानिक पदहरुमा एमालेकै हालीमुहाली हुन सक्छ । यो सम्भावित परिस्थितिसँग कांग्रेस झस्केको छ ।

    कांग्रेसमा एक तहका नेताहरु माओवादीसँग विश्वास खोज्न लागिरहेका छन् । नेताहरुका अनुसार माओवादीसँग संवाद गर्नका लागि उपसभापति पूर्णबहादुर खड्कालाई सभापति देउवाले खटाएका छन् । अन्य दलसँग संवाद गरी पदको प्रलोभन देखाउनुको विकल्पमा माओवादीलाई टाढा नराख्न कांग्रेसले चाहेका स्पष्ट देखिन्छ ।

    अरु दललाई प्रधानमन्त्रीको आश्वासन नदिएको उपसभापति खड्काले स्पष्ट पारेका छन् । ‘निर्वाचनपछि प्रचण्ड र केपी ओलीलाई प्रधानमन्त्री नमानेको कांग्रेसको नेतृत्वले कुनै पनि आबेगमा अरुलाई प्रधानमन्त्री प्रस्ताव गर्‍यो भन्ने भ्रमबाट सबैलाई मुक्त हुन हाम्रो विनम्र अनुरोध छ,’ खड्का भन्छन् ।

    राष्ट्रपति पदका लागि हुने निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सांसदले मत दिनुपर्ने हुन्छ । केन्द्रीय र प्रदेश सभा सदस्यको फरक फरक अंक कायम गरिएको हुन्छ । प्रतिनिधि सभामा संसदमा पहिलो दल कांग्रेस भएकाले स्वभाविक रुपमा उक्त दलको मतभार बढी हुन्छ । संघ र प्रदेशका सांसदको मताधिकार भएकाले माओवादीलाई साथ लिन सके राष्ट्रपति चुनिने अपेक्षा कांग्रेसको छ ।

    राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी ऐन २०७४ का अनुसार कार्यकाल सकिनु एक महिना अघि नयाँ राष्ट्रपतिको निर्वाचन गरिसक्नुपर्दछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल २९ माघमा सकिने छ ।

    विश्वासको मत दिने/नदिने पक्षमा कांग्रेसभित्र स्पष्ट दुई धार देखिएको छ । महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा विश्वासको मत दिन नहुने पक्षमा छन् । संस्थापनइतरका नेताहरु विश्वासको मतको विपक्षमा छन् ।

    प्रतिपक्ष विहिन संसद बनाउन नहुने तर्क दुई महामन्त्रीको छ । थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए ।

    शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भने, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’ गत शनिबार बसेको संसदीय दलको बैठकमा विश्वासको मत दिने/नदिने विषयलाई छलफलको एजेण्डा नै बनाइएको थिएन । मंगलबार विहान पुनः संसदीय दलको बैठक बसेर निर्णय लिने कांग्रेसले स्पष्ट पारेको छ ।

    कांग्रेसले पाएको क्षतिलाई पूर्ति गर्न विश्वास मत दिएर अघि बढ्नुपर्ने राय पार्टीभित्र बढीरहेको छ । गठबन्धनलाई धोका दिएको दललाई किन मत दिने एकथरी मत छ । अर्को थरी तर्कबारे संस्थापन पक्षका नेता भन्छन्,‘गठबन्धन छोडेर गएको बैगुनीलाई गुनले पुरानो बाटोमा फर्काउने अवसरका रुपमा विश्वासको मतलाई लिनुपर्दछ ।’

    माओवादी कुनै न कुनै रुपमा कांग्रेससँग नजिकिने आकलनले पनि होला, संसदमा बोल्ने क्रममा सभापति देउवा विनम्र सुनिए । विगतको परम्परा हेर्दा संसदमा प्रमुख प्रतिपक्ष दलको नेताले सत्ता पक्षलाई आलोचना गर्ने परम्परा थियो । तत्कालीन गठबन्धन भत्किएपछि पहिलो पटक बोल्ने संसदमा बोल्ने क्रममा क्रममा प्रचण्डप्रति देउवा आक्रामक देखिएनन् ।

    देउवाले संसदको सम्बोधनमा कसैप्रति गुनासो गरेनन्, बरु नरम सुनिए । बरु प्रधानमन्त्री नियुक्त भएकोमा पटक–पटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिए । उनले भनेका छन्, ‘प्रचण्ड प्रधानमन्त्री हुनुभएको छ, नयाँ मन्त्रिपरिषद् गठन भएको छ । प्रचण्डजीलाई बधाई दिन चाहन्छु, र सफलताको शुभकामना छ ।’ साथै  देउवाले संविधानको रक्षाका लागि विशेष योगदान गर्न सांसदहरुलाई आग्रह गरे ।

    देउवा नरम हुनुमा उनको भावी सत्ता यात्राको चाहनालाई जोडेर हेरिएको छ । माओवादीले नयाँ गठबन्धन तोडेपछि सत्ताको चाबी कांग्रेसमा हुने देउवाले बुझेर नै भित्री तयारी जारी राखेको नेताहरु बताउँछन् ।

    ताजा सूचना

    • नेपाल–श्रीलंका कृषि क्रान्तिका साझेदार! गुणस्तरीय बीउ, मल र प्रविधि साझेदारीमा ऐतिहासिक सम्झौता
    • इटा देखाएर काजु र कपडा तस्करी! वीरगञ्जमा पर्सा प्रहरीको ‘ब्लास्ट’ अपरेशन
    • गाजियाबादबाट नेपाल तर्फ बेच्न लागिएका दुई नाबालिग चेलीहरू एसएसबी र सामाजिक संस्था प्रयासको संयुक्त अपरेशनमा रक्सौलमै उद्धार, दुई मानव तस्कर पक्राउ!
    • हरिशयनी एकादशी तथा तुलसी रोपण दिवस : धार्मिक, सांस्कृतिक र वातावरणीय चेतनाको पर्व
    • वीरगञ्जमा मोहरर्म कार्यक्रममा अनुमतिको द्वैधरुप! वीरगञ्जमा मोहरमको दिन कसले चलाउँछ राज्य ?" जिल्ला प्रशासन कि महानगर ?"
    ;

    सम्पर्क

    • प्रकाशक :
      अग्निपथ मिडिया प्राइभेट लिमिटेड

    • कम्पनी दर्ता नं. :
      ३०१७१५/०७९ /०८०
    • सुचना तथा प्रसारण बिभाग दर्ता नं. :
      ३९५९ - २०८०/२०८१
    • [email protected] 
    • [email protected]
    •  
    • प्रधान सम्पादक : कृष्ण प्रसाद शर्मा
    • प्रबन्ध निर्देशक : बिराज यादब   
    •  
    • मधेश प्रदेश :
    •  
    • संजय कुशवाहा :- 9855048861
    •  
    •  
    •  
    •  
    •  

    सोसल मिडिया

    • Subscribe YouTube Channel
    • Like us on Facebook
    • Follow us on Twitter

    मेनु

    • होमपेज
    • समाचार
    • राजनीति
    • शिक्षा
    • खेलकुद
    • स्वास्थ्य
    • मनोरन्जन
    • बाल संसार
    • विचार
    • अन्य
    • © अग्नीपथ -2022 All rights reserved.