देशको राजनीति , शेर वहादुर देउवाले लिङ्गदेनलाई फकाउदै !
-
अग्निपथ सम्बादाता
- today२२ पुष २०७९
अग्निपथ मिडिया - AGNIPATH MEDIA
वीरगञ्ज , पुस २२–
देशको राजनीति।
शेर वहादुर देउवाले लिङ्गदेनलाई फकाउदै।
होइन यो प्रधानमन्त्रीको कुर्सी त गजव रहेछ बा !
हुनत प्रधानमन्त्री कै पदकालागि देशै सम्म बेच्न पछि नपरेका देउवा नै हुन। महाकाली बचेर प्रधानमन्त्री बनेका माधव कुमार नेपाल वनेको इतिहास छ। राप्रपा र काँग्रेसको गोप्य वैठक जारी छ। यो सरकारलाई पतन गराउन भारतीय राष्ट्रिय सल्लाहकार देखि भारतीय जासुसी संस्थाको तिव्र दवाव ! यो हो विदेशीले नेपालको प्रधानमन्त्री बनाउने विगतदेखि चलि आएको खेलको निरन्तरता ? प्रचण्ड नेतृत्व सरकारलाई अविस्वास असफल गराउन संभव हुन नसक्ने राजनीतिक अनुसन्धान व्युरोको रिपोर्ट तर चेलखेलमा तिव्रता ?
नेपाली काँग्रेसल देशको सत्ता अधिक समय सम्म चलायो तर देशले के पायो नेपाली काँग्रेसले सधैं देशलाई विश्वसामु नतमस्तक बनाए पार्टीमा सबै खराव छैनन तर सबै भन्दा राष्ट्रघाती सन्धि र।सम्झौता नेपाली काँग्रेसको हात छ। त्यसैमा शेर।वहादुर देउवा देशको भाग्य र जनताको भविष्यमाथि सधै खेलवाड गर्ने पात्र हुन। कोशी ,गन्डक, टनकपुर, महाकाली र एम सी सी सम्झौता गरेर देशलाई अमेरिकालाई जिम्मा दिने शेर बहादुर देउवा हुन अब देशमा नेपाली काँग्रेसको सरकार निर्माण भयो वा देउवालाई साथ जुन पार्टीले दिन्छ ती पार्टीपनि देशद्रोही ,राष्ट्रघाती र।जनघाती पार्टी हुन। यस्ता संवेदनशील बिषयमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षले संवेदनशील भएर निर्णय लिनेमा जनताले नजिकैबाट निहाली रहेका छन।
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डलाई विस्वासको मत नदिएर राजेन्द्रप्रसाद लिङ्गदेनलाई प्रधानमन्त्री बनाउने र काँग्रेसले राप्रपा लगायत केही दललाई साथमा लिएर सरकार बनाउने षड्यन्त्र ?
नेपाली काँग्रेसले प्रधानमन्त्री लिने र राप्रपालाई महत्त्वपूर्ण मन्त्रालय दिने काँग्रेसको प्रस्ताव लिङ्गदेनबाट अस्वीकार तर खिचडी पाकी रहेको गोप्य अनुसन्धानात्मक रिपोर्ट।
प्रचण्ड ज्युले प्रसस्त समय हुँदा हुँदै २६ गते विस्वासको मतलिने समय तोके!
अब लिङ्गदेनले यो सरकारमा कहिले जाने वा कहिले नजाने भनेर लडवडाउनमा यो राजनीतिक गठबन्धनको समर्थन गर्ने उतराव चढाव भएको राजनीतिक परिस्थिति हो कि भन्ने राजनीतिज्ञहरूको विश्लेषण।
देशमा जब सम्म राजनीतिक अश्थिरता रहन्छ तब सम्म देशमा स्थाई शान्ति र बिकाश संभव छैन। देश विगत ७० बर्षदेखि यो श्रृङखला नेपालमा चलिरहेको छ। अब नेपाली काँग्रेसले आफ्नो अवसरलाई गुमाएर वर्तमान सरकारको निर्माण हुन सकेन वा काँग्रेस सरकारमा जान सकेन ? जसका कारणले आज नेपाली काँग्रेसमा चरम विवाद छ र पार्टी अन्तर कलह चरम चुलीमा पुगेको छ।
पार्टीको संचालन व्यवस्थापन र पार्टी सभापति संसदलीय नेता चयन र देउवाकै कारण आज सबथोक भएरपनि सरकारमा जाने अवसर गुमाउनमा शेर बहादुर देउवाको नै हात रहेको सर्वसाधारण जनता र पार्टीकै नेताहरूनै देउवाको बिरूद्धमा उत्रिएका छन र भनिरहेका छन अब शेर बहादुर देउवाले संसदलीय दलको नेता र पार्टी सभापतिबाट समेत पार्टीबाट राजिनामाको माग भएको छ।
नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापा र विश्व प्रकाश शर्माले देउवाले अपमान गरेका हुँदा यिनीहरू देउवादेखि रुष्ट छन। १६ पटक सम्म प्रधानमन्त्री हुन नपाएका महाकाली सन्धि गरेर घरजम गरेका रामचन्द्र पौडेलपनि रुष्ट छन शेखर कोइरालालेपनि असन्तुष्टि व्याक्त गरेक छन। अब लगभग नेपाली काँग्रेस फुटने अवश्था भएपछि शेर बहादुर देउवा डिप्रेसनमा परेका र अब के गर्ने भनेर पार्टीमा विचार विमर्श गरेर भारतीय सहयोगमा लिङ्गदेनलाई प्रधानमन्त्री बनाएर भएपनि यो सरकार वा प्रचण्डलाई विस्वासको मतबाटै तुहाउने खेलमा हाल काँग्रेस लागि परेको छ।
हाल प्रचण्डको सरकारलाई सिद्धाउन भारतीय राष्ट्रिय सल्लाहकार र अन्य स्वदेशी र विदेशीको चलखेल काठमाडौमा बढी रहेको छ। सत्ताकोलागि यति सम्म गिर्न सक्दा रहेछन भनेर राजनीतिक वृतचित्रमा वहको विषय बनेको छ। देश विदेशीको अन्तर्राष्ट्रिय फुडवल ग्राउन्ड बनेको छ। भारतीय चलखेल व्याप्त छ। धर्म परिवर्तनको सवालमा युरोपेली युनियन सक्रिय छ। चीनको चासोपनि बढेको छ। अमेरिकी वर्चस्व झनै बढेको छ।
अमेरिकाले त MCC सम्झौता पास गराएर देशलाई त अमेरिकी उपनिवेशमा लादी सकेको छ। देश अति गंभीर अवश्थामा छ। देशमा कतिखेर के हुने हो अकल्पनीय घटना घटन सक्छ। अब प्रचण्डलाई चीनको ट्याक लगाएको छ भारतले र एउटामात्र भारतीय दलाल मिडियाले त नेपाललाई यति हेपेर भनेको छ नेपाली मानौ भारतका दास नै बनाएको छ। राष्ट्रिय मामिलामा यस्ता दुईकौडीका मिडियाले मनपरि भन्दा सरकारले एक शब्द बोल्न सक्दैन र यसमा अब देउवाले यस्तो नौटंकी गरेर जसरी प्रचण्डले देउवालाई धोका दिए अब देउवाले अर्बौं खर्च गरेर हुन्छ कि सांसदहरू खरिदबिक्री गरेर हुन्छ कि यो २६ गते सरकारलाई विस्वास अर्थात प्रचण्डलाई विस्वासको मत असफल गराउनेमा देउवाले न्वारानको बल लगाइ रहेका छन।
देशमा राजनीतिक दाऊपेच चलिरहेको छ। आज देश विखण्डनकारी सि. के.राउतले नेपाललाई नेपाल आमा मान्दिन मेरो आमा मधेस आमा हुन भनेर सरकारलाई समर्थन गरेको नेताले यस्तो घटिया अभिव्यक्ति दिएका छन। यी नेता हुन कि विदेशी दलाल बुझनै गार्हो भएको छ। आज रवि लामिछानेले गरेको कामप्रतिपनि यी भ्रष्ट नेताहरू अताल्लिएका छन। नेपालको कानुन श्री पशुपति नाथले जानुन भने जस्तो भएको छ नेपाल न हो यहाँ जे पनि हुन सक्छ यसलाई हल्का हिसावले लिन मिल्दैन।
यी विदेशीका गोटी बाट देश कहिलेपनि उभो लाग्दैन। नेपालका नेताहरूको रगतमा विदेशीको रगत मिसिएको छ। यी देशका न नेता हुन न यिनीहरू जनताका अभिभावक ? एउटामात्र नेतृत्व रवि लामिछाने देशका खातिर प्रण गरेर अगाडि बढेको अवश्थाबाट यी पुराना राजनीतिक फोहर खेलाडी त्रसिएका छन। राम्रो नौटंकी नगरी कन रविलाई हटाउन सक्ने अवश्था छैन र कुनै हालतमा सक्दैनन ! प्रसंग हो राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लिङ्गदेनले कसरी शेर बहादुरलाई साथ दिने भन्नेमा ठुलो महत्त्व राख्छ।
म जस्तो नेता देशमा नै छैन भनेर संस्कारको राजनीति गर्ने लिङ्ग लेनले प्रचण्डलाई अर्थात हालको सरकारलाई समर्थन गरेर सही ठोकेका छन। यो अवश्थामा लिङ्गलेनले प्रधानमन्त्री पदकालागि प्रयोग हुनेहुन भने देशमा राप्रपालाई जनताले हेर्ने नजरमा कस्तो मुल्यांकन होला ? यसमा लिङ्गदेनले विचार पुर्याउने कि हैन प्रधानमन्त्री जस्तो पद छाडनु हुदैन भनेर देउवालाई समर्थन गर्ने भन्ने बिषयमा राजनीतिक सेरोफेरोमा रहेर विश्लेषण गर्दा लिङ्गदेनले यस्तो घटिया स्तरको राजनीति गर्दैनन।
हुनत राजनीतिमा न कोही साथी र न कोही शत्रु हुन्छ। हो राजनीति निष्ठाको हो कि स्वार्थको र सेवा हो कि पद र व्यापारको त्यो बुझने नेतृत्वले हो ? हाम्रो न कसैसंग विरोध न कुनै स्वार्थ तर पद र प्रधानमन्त्री कैलागि राजनीति हो भने यो राजनीति होइन बिशुद्ध व्यापार हो। राष्ट्रिय प्रजातन्त्र पार्टी आफ्नो ऐजेन्डा र नीति र विधान बमोजिम सरकारमा गएर होइन वर्तमान सरकारलाई समर्थन गरेर सरकारमा नगएर सरकारलाई खवरदारी र प्रतिपक्षको भूमिकामा नै रहेमा जन विस्वास रहन सक्छ हैन भने यस्तो फोहोरी राजनीतिले देशको बिकास र जनताको सुनौलो भविष्यको निर्धारणको कल्पना गर्न सम्म सकिदैन। हाल सम्मको राजनीतिक चलखेल जे जति भएपनि प्रचण्डले विस्वासको मत लिने निश्चित छ। प्रतिक्रिया दिन नभुल्नु होला ?